नागरिक पोष्ट News


१० रूपैयाँले घट्यो डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य, ग्यासकाे मूल्य भने यथावत

1.1K

नेपाल आयल निगमले डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य घटाएको छ । बिहिबार राति १२ बजे देखि लागू हुने गरी डिजेल, पेट्रोल र मटितेलको मूल्य प्रति लिटर १० रूपैयाँले घटाएको हो ।

बिहीबार बसेको निगम सञ्चालक समितिको बैठकले डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य प्रति लिटरमा १०/१० रुपैयाँले घटाउने निर्णय गरेको हाे ।

पेट्रोलियम पदार्थमा लाग्ने पूर्वाधार कर घटाएपछि निगमले मूल्य समायोजन भएको हो ।

त्यस अनुसार अब पेट्रोलको मूल्य प्रतिलिटर १७० रूपैयाँ र डिजेल तथा मटितेलको मूल्य १५३ रूपैयाँ पर्नेछ ।

यद्यपी ग्याँस र हवाइ इन्धनकाे मूल्य भने यथावत रहेकाे निगमले जनाएकाे छ ।

Must View