नागरिक पोष्ट News


पल शाह प्रकरण : मुद्दामा उच्च अदालत पोखरामा सुनुवाइ जारी

882

काठमाडौं :  नाबालिग गायीकामाथि जबरस्ती करणीको अभियोग सामना गरिरहेका पल शाहको मुद्दामा उच्च अदालत पोखरामा सुनुवाइ भइरहेको छ । न्यायाधीश श्रीधराकुमारी र उज्वल शुक्ला पुडासैनीको ३ नम्बर बन्द इजलासमा बहस भइरहेको छ ।

अहिलेसम्म पल शाह पक्षका तीनजना वकिल र एकजना सरकारी वकिलले बहस गरेका छन ।

आरोपित पल शाह  तनहुँ कारागारमा छन् । कारागार चलान गर्ने जिल्ला अदालतको फैसलाविरुद्ध पलका वकिलहरूले उच्च अदालतमा निवेदन दिएका थिए । पललाई साधारण तारेखमा रिहा गर्नुपर्ने भन्दै उनीहरूले माग गरेका छन्

Must View