नागरिक पोष्ट News


त्रिभुवन विश्वविद्यालयले यसपालि लिएको परीक्षामा पोहोरकै प्रश्न हुबहु

1.3K

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले अर्थशास्त्र स्नातकोत्तर तह तेस्रो सेमेष्टरको पब्लिक इकोनोमिक्सको प्रश्नपत्रमा लापरबाही गरेको पाइएको छ ।

मानविकी संकायअन्तर्गत डिन कार्यालयले पोहोर र यसपाली हुबहु प्रश्न साधेको छ । बुधबार लिएको ‘पब्लिक इकोनोमिक्स’ को परीक्षामा त्रिविले पोहोरकै प्रश्नपत्र दोहोर्‍याएको छ ।

६० पूर्णाङ्कको परीक्षामा दुई खण्डमा सोधिएका १३ वटा प्रश्न हुन्छन् । ती सबै प्रश्न पोहोर सालका प्रश्नसँग हुबहु मिलेको छ ।

त्रिविको केन्द्रीय अर्थशास्त्र विभागका प्रमुख शिव अधिकारीले पढाउने विषयको प्रश्नपत्र नै हुबहु भएको हो । प्रमुख अधिकारीले प्रश्नपत्र बैंकबाट छनौट गर्दा पुरानो प्रश्नपत्र परेको बताए ।

Must View