नागरिक पोष्ट News


‘अब नगरका सबै विद्यालयमा प्रविधियुक्त गुणस्तरीय शिक्षा’- नगरप्रमुख गिरी

1.3K

काठमाडौं - चन्द्रागिरि नगरपालिका ९ मच्छेगाउँमा चुनदेवी आधारभूत विद्यालयको नवनिर्मित भवनको मंगलबार उद्घाटन गरिएको छ । विद्यालयको भवन उद्घाटन कार्यक्रममा चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरी, उपमेयर वसन्ती श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

चन्द्रागिरि नगरपालिकाले वडा मार्फत विनियोजिन गरेको बीस लाख रूपैयाँ एवं छाया अस्ट्रिया तथा कार्नेभाली फाउन्डेसनको संयुक्त लगानीमा उक्त भवनको निर्माण सम्पन्न भएको हो। कार्यक्रममा बोल्दै नगर प्रमुख गिरीले चन्द्रागिरि नगरपालिकाको २४ मध्ये २२ सामुदायिक विद्यालयको पुर्वाधार निर्माण सम्पन्न भएको जानकारी गराउँदै अबको कार्यकालमा उक्त विद्यालयहरुमा प्रविधियुक्त गुणस्तरीय शिक्षामा नगरपालिकाको ध्यान केन्द्रित हुने धारणा व्यक्त गर्नुभएको थियो ।

Must View