नागरिक पोष्ट News


उपमेयर सुनिता डंगोलले हिंसामा परेका महिलाहरूको संरक्षण लागि ‘महिला सेल’ गठन गर्ने  

1.6K

काठमाडौं - काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले हिंसा, अन्यायमा परेका र पीडित महिलाहरूको संरक्षण, आवश्यक कानुनी सहयोग तथा सहजीकरण र आत्मरक्षाको तालिमलगायतको व्यवस्थापनका लागि महानगरपालिकाका सबै वडामा वुमन सेल ‘महिला सेल’ गठन गर्ने प्रक्रिया अघि बढाउने निर्णयमा हस्ताक्षर गरेकी छन् ।

पदभार ग्रहण गरेलगत्तै उनले चुनावी प्रतिवद्धता अनुसार उक्त निर्णयमा हस्ताक्षर गरेर काम थालेकी हुन् । सबै वडामा गठन भएको महिला सेलले न्यायिक समितिसँग समेत समन्वय गरी अन्यायमा परेका र पीडित महिलाका लागि आवश्यक कार्य गर्नेछ । न्यायिक समितिको प्रमुख पनि उपमेयर डंगोल नै हुन् । उनको चुनावी प्रतिबद्धतापत्रको २२ नम्बर बुँदामा महिला सेल गठन गर्ने उल्लेख छ ।

‘सभ्य र शान्त समाज निर्माणका लागि वुमन सेल आवश्यक छ भनेर यसलाई प्राथमिकतामा राखेको हो,’ डंगोल

समाचार नेपाल प्रेसबाट  

Must View