नागरिक पोष्ट News


चन्द्रागिरि नगरमा जुनियर कम्प्युटर हार्डवेयर तालिम सञ्चालन हुने

1.5K

काठमाडौं - चन्द्रागिरि नगरपालिकामा जुनियर कम्प्युटर हार्डवेयर सम्बन्धी कक्षा सञ्चालन हुने भएको छ । ३९० घण्टाको तालिम कक्षा चन्द्रागिरि-६ महादेवस्थानस्थित नगरस्तरीय व्यवसायिक प्रशिक्षण केन्द्रमा सञ्चालन हुनेछ ।

चन्द्रागिरि नगरपालिका, एडएट एक्सन नेपाल तथा ग्रामीण युवा सरोकार केन्द्रको सहकार्यमा सञ्चालन हुने उक्त तालिम कार्यक्रममा नगरका २० जना प्रशिक्षार्थीले सहभागिता जनाउन सक्ने बताइएको छ ।

तह १ को जुनियर कम्प्युटर हार्डवेयर तथा नेटवर्किङ सम्बन्धी सो तालिम कार्यक्रम नगरमा विगत २ वर्षदेखी सञ्चालन भइरहेको छ ।

 

 

Must View