नागरिक पोष्ट News


यशको ‘केजीएफ-२’ शुक्रबारदेखि अमेजन प्राइम भिडियोमा

1K

काठमाडौं - बक्स अफिसमा आक्रामक कमाइ गरेको यश स्टारर कन्नड फिल्म ‘केजीएफ स् च्याप्टर २’ आगामी शुक्रबार अमेजन प्राइम भिडियोमा रिलिज हुने भएको छ । फिल्म जुन ३ देखि स्ट्रिमिङ हुने अमेजन प्राइमले जानकारी दिएको छ । अमेजनको मुभि रेन्टलमा भने यो फिल्म यसअघि नै रिलिज भइसकेको छ ।

प्रशान्त नील निर्देशित यो फिल्मले बक्स अफिसमा विश्वव्यापी रुपमा १२ सय करोड भारु बढी कमाइ गरेको छ । ‘केजीएफ(२’मा यशका अलावा सञ्जय दत्त, रविना टण्डन, प्रकाश राज, श्रीनिधि सेट्टी, अर्चना जोयस लगायतको मुख्य भूमिका रहेको छ ।

मूलतः कन्नड भाषामा बनेको यो फिल्म हिन्दी, तेलुगू, तमिल र मलयालम भाषामा पनि रिलिज भएको थियो । गत अप्रिल १४ मा रिलिज भएको फिल्मले नेपालमा पनि आक्रामक व्यापार गरेको थियो । यो फिल्मका लागि नेपालका केही सिनेमा हलले राति ३ बजेसमेत शो समेत राखेका थिए ।

Must View