नेप्से ३५.५३ अंकले घट्दा, १ अर्ब ३१ करोड बढीको कारोबार
1.1K
काठमाडौं - यस साताको दोस्रो कारोबार दिन मंगलबार शेयरबजार ओरालो लागेको छ । यस दिन स्टक एक्सचेन्जमा आबद्व कम्पनीको शेयर कारोबार मापक नेप्से परिसूचक ३५।५३ अंकले घटेर २१३७।९२ अंकमा पुगेको छ ।
मंगलबार २२९ कम्पनीको ३७ लाख ६९ हजार रुपैयाँको शेयर किनबेच हुँदा १ अर्ब ३१ करोड ७६ लाख ९९ हजार रुपैयाँ भन्दा बढीको कारोबार भएको छ । ठुला कम्पनिको उपसूचक ७।११ अंकले घटेर ४१५।६३ अंकमा पुगेको छ । यो अघिल्लो दिनको तुलनामा १।६८ प्रतिशतले बढी हो ।
यस्तै १३ समूहका कम्पनीको उपसूचक मध्ये यस दिन १२ समुहका कम्पनीको कारोबार घटेको छ, भने म्युचल फण्डको कारोबार बढेको छ । यस दिन म्युचल फण्ड समुहका कम्पनीको कारोबार ०।०७ अंकले बढेको हो ।