महानगर चलाउन सिक्दैछन् मेयर बालेन !
काठमाडौं - काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र ९बालेन० साहले सोमबार कार्यभार सम्हालेका छन् ।
विहान राष्ट्रियसभा गृहमा सपथ लिएपछि सुन्धारास्थित महानगर कार्यालयमा पुगेर पदभार सम्हालेका उनले नगर कार्यपालिकाको पहिलो बैठक पनि सोमबार नै राखे । तर पहिलो बैठकमा मेयर साहले वडाध्यक्षहरुबाट ‘बैठक सञ्चालनको प्रक्रिया सिकेर आउनुस्’ भनेको सुन्नु परेको छ ।
सपथ समारोहमा मेयर पत्नी
मुख्य निर्वाचन अधिकृतको कार्यालयले काठमाडौं उपत्यकाका जनप्रतिनिधिहरुको सपथ ग्रहण कार्यक्रम विहान ११ बजे राष्ट्रियसभा गृहमा राखेको थियो । दौरा सुरुवाल र भादगाउँले टोपीमा सजिएर मेयर साह पत्नी सविना काफ्लेको साथमा कार्यक्रम स्थलमा पुगे ।
साहले पत्नी सविनालाई पनि मञ्चमा लगे । कार्यक्रम सञ्चालकले पनि उनलाई मञ्चमै आसन ग्रहण गराए । जबकी सपथमा ‘फस्ट लेडी’ लाई सपथ गराउने प्रचलन छैन ।
मेयर साहलाई काठमाडौं जिल्ला न्यायाधीश राजुकुमार खतिवडाले नेपालीमा सपथ गराए । साहले सुरुमा नेपाली भाषामा सपथ लिए । लगत्तै नेपाल ९नेवारी० भाषामा एकतर्फी सपथ पत्र पढे । उपमेयर सुनीता डंगोलले नेपाल भाषामै सपथ लिइन् ।
रेष्टुरेन्टका शौचालय नै सार्वजनिक शौचालय
सोमबार नै नगर कार्यपालिकाको पहिलो बैठक बस्यो, जहाँ मेयर बालेनले ६ वटा प्रस्ताव राखे । सुरुमा परिचय, त्यसपछि धन्यवाद प्रस्ताव थियो । त्यसपछि उनले फोहोर मैला व्यवस्थापनको प्रस्ताव राखे । आफू सपथ लिनुअघि नै सिसडोल र बञ्चरेडाँडा घुम्न गएको भन्दै उनले काठमाडौं महानगरको फोहोर जम्मा भएर बस्न गाह्रो भएको तथा हरेक घरमा क्यान्सर रोग, छालाको रोग पीडित रहेको पाएको बताए ।
फोहोरमैलाको व्यवस्थापन नभएसम्म खादा माला नलगाउने र उत्साह नमनाउने आफ्नो बाचा रहेको भन्दै उनले भने, ‘हामी हरेकको टाउकोमा हत्याको जिम्मेवारी परेको छ भनेर बुझ्नुपर्छ ।’
नगर कार्यपालिकाको पहिलो बैठक सोलिड वेष्ट (ठोस फोहोर) बारे आफूलाई पनि ज्ञान रहेको भन्दै उनले आधुनिक रुपमा व्यवस्थापन गर्नुपर्ने बताए । ७५ प्रतिशत फोहोरलाई मलमा रुपान्तरण गर्न सकिने भन्दै उनले भने, ‘यसका लागि उपकरण ल्याउनुपर्छ, महानगरमा पनि प्रपोजल होला ।’ सिसडोेललाई बस्न योग्य बनाउनुपर्ने र बञ्चरेडाँडामा पनि फोहोर व्यवस्थापन गर्नुपर्ने भन्दै बालेनले आफू, उपमेयर समेत रहेको टोली बनाउने प्रस्ताव गरे ।
महानगरभित्र रहेका रेष्टुरेन्टका शौचालयलाई सार्वननिक शौचालयका रुपमा प्रयोग गर्ने पनि उनले प्रस्ताव राखे । यसका लागि आफूले चेन रेष्टुरेन्टहरुसँग छलफल समेत गरेको भन्दै मेयर साहले महानगरले संकेत चिह्नहरु राखिदिनुपर्ने सुनाए । उनले अघि भने, ‘यो काठमाडौंबाट सुरु भएपछि देशभर हुनेछ भन्ने विश्वास छ ।’
आफ्नो चुनावी घोषणापत्रअनुसार गुनासो सुन्न कल सेन्टर स्थापना गर्ने उनको अर्को प्रस्ताव छ । यस्तै सडकका खाल्डाखुल्डी पुर्ने, ढलको जाम हटाउने जस्ता काम गर्न तत्काल दुई वटा भौतिक पूर्वाधार एम्बुलेन्स सञ्चालनमा ल्याउने प्रस्ताव पनि राखे ।
हाम्रो पनि घोषणा पत्र छ
नगर कार्यपालिकाको सदस्य रहेका वडाध्यक्षहरुले मेयरले अघि सारेका प्रस्तावमा आफ्ना धारणा राखे । यसअघि पनि वडाको नेतृत्व गरिसकेका वडाध्यक्षहरुले फोहोर व्यवस्थापनको समस्यालाई हलुका ढंगले नलिन आग्रह गरे ।
कल सेन्टर सञ्चालन गर्ने प्रस्ताव राम्रो भए पनि एक्सन कति प्रभावकारी हुन्छ भन्ने प्रश्न गरे ।
मेयर साहले जवाफ दिए, ‘यसको काम त तत्काल गर्ने हो ।’ तर वडाध्यक्षहरुले काठमाडौंका सडक महानगरले मात्र नभई मेलम्ची खानेपानीदेखि नेपाल विद्युत प्राधिकरणले पनि भत्काउने गरेकाले उनीहरुसँग समन्वय गरेर मात्र काम गर्न सकिने सुझाए ।
वडा नम्बर २९ का वडाध्यक्ष कुश ढकालले मेयर बालेनलाई म होइन, हामी भन्न सुझाए । ‘म नभनौं, हामी भनौं । म मात्र भनेर लोकप्रिय हुने कुरा नगरौं, हामी सबै मिलेर महानगर बननऔं, यसमा साथ दिन तयार छौं’ उनलेभने ।
वडाध्यक्ष नवराज पराजुली यस्तै वडा नम्बर ३२ का वडाध्यक्ष नवराज पराजुलीले आफूहरु पनि चुनावी घोषणापत्र बनाएर जनतामाझ गएको र त्यसअनुसार नै मत पाएर आएको बताए । कार्यपालिकामा कांग्रेस, एमाले र एकीकृत समाजवादीका प्रतिनिधि रहेको भएपनि मेयरले एक्लो महसुस गर्नु नपर्ने उनले बताए ।
वडाध्यक्ष पराजुलीले भने, ‘कुनै एउटा पार्टीबाट हामी निर्वाचित भयौं । पार्टीले निर्देश गरेअनुसार घोषणापत्र बनाएर जनममक्ष लिएर गयौं । जनताले त्यसकै आधारमा मत दिनुभयो । जो जो निर्वाचित भएर आएका छौं, त्यो घोषणापत्रमा उल्लेखित कार्यक्रमहरुलाई कार्यान्वयन गर्न अब हामी दत्तचित्त छौं । त्यसलाई सपोर्ट गर्न प्रमुखले उदारता देखाएर सबै जनप्रतिनिधिहरुलाई सहयोग गर्नुपर्ने खाँचो छ ।’
हरेक काम गर्दा सल्लाह र छलफल गर्न आग्रह गर्दै उनले भने, ‘एजेण्डाहरु आउनुभन्दा पहिला दलका साथीहरुसँग एकचोटी सरसल्लाह गरेर यो यो एजेण्डा छ, के छ सुझाव भनिदिनुस् ।’
त्यसो नभए आउँदा दिनमा अप्ठ्यारो पर्ने वडाध्यक्ष पराजुलीले बताए । उनले अघि भने, ‘प्रमुखजीलाई के भन्न चाहन्छु भने प्लिज, बि केयर फुल एबाउट ह्वाट यू से १ प्लिज, बि करेक्ट एवाउट ह्वाट यू डू १ त्यसो भए हामी एक ढिक्का भएर जान सकिन्छ । बाँकी प्रमुखको हातमा छ, तपाईंको रोजी, हाम्रो छाडी ।’
उपमेयरले झण्डै बोल्न पाइनन्
वडाध्यक्षहरुले बोलेपछि मेयर साहले जवाफ दिन थाले । हाम्रो भिजन एजेण्डा भन्दै उनले निरन्तर जवाफ दिए । ‘सबै कुरा भिजन एजेण्डामा भएकै कुरा हो । खुसी के लाग्यो भने हाम्रो र हजुरहरुको सोचाइ फरक रहेनछ’ उनले भने । आफ्ना लागि सबै पार्टी समान भएको भन्दै उनले निष्पक्ष र समान रुपमा काम गर्न सकिने बताए ।
उनले फोहोर व्यवस्थापनबारे कार्यदल बनाउने प्रस्ताव राखे, जसमा वडाध्यक्षहरुको दलीय आधारमा प्रतिनिधित्व हुने बताए । अरु निर्णयको प्रस्ताव प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौडेलले गर्ने भन्दै मेयर साहले बैठक टुंग्याउने संकेत गरेपछि उपमेयर सुनीता डंगोलले कोट्याइन् ।
उनले मेयर साहको कानमा आफूले बोल्न चाहेको बताएपछि बालेनले बल्ल समय दिए । उपमेयर डंगोलले पनि बैठक अघि एजेण्डा अध्ययन गर्न पाए छलफल गर्न उपयुक्त हुने धारणा राखिन् र आगामी दिनमा त्यस्तो वातावरण बनाउने बताइन् ।
पहिलो बैठकमै प्रस्ताव फिर्ता
उपमेयरले बोलिसकेपछि प्रमुख प्रशासकीय अधिकृत पौडेलले निर्णयहरु प्रस्ताव गरे । फोहोर व्यवस्थापनसम्बन्धी कार्यदलमा मेयर, उपमेयर, कांग्रेसबाट २ वडाध्यक्ष, एमालेबाट उपमेयर र एक वडाध्यक्ष र एकीकृत समाजवादीबाट एक वडाध्यक्ष रहने भन्दै नाम लिन प्रस्ताव गरे ।
७ दिनभित्र सार्वजनिक शौचालय, कल सेन्टर स्थापना र भौतिक पूर्वाधार एम्बुलेन्स सञ्चालनमा ल्याउने निर्णय प्रस्ताव गरे । विविधिमा ३१ नम्बर वडाको दुईवटा बाटो, मुद्दा मामिलाको अख्तियारी दिने र नगर कार्यपालिका बोर्डले गरेको निर्णय भन्दै ४५ दिनभित्र महानगरको ढल सरसफाइ गर्ने सुनाए । उनले भने, ‘भोलिदेखि यो कार्य प्रारम्भ हुनेछ ।’
उनले बैठक समापन गर्न खोजेपछि वडाध्यक्षहरुले आपत्ति जनाए । सोधे, ‘यो कहिले बसेको बोर्ड बैठक हो रु’ पौडेलले आज भन्ने जवाफ दिएपछि वडाध्यक्षहरुले एजेण्डामा नभएको विषय कसरी आयो भनेर प्रश्न गरे ।
वडाध्यक्ष मुकुन्द रिजाल वडा नम्बर १६ का वडाध्यक्ष मुकुन्द रिजालले ढल सफाइको एजेण्डाका रुपमा ल्याउनुपर्नेमा सिधै पास भयो भनिएकामा आपत्ति जनाए । उनले अघि भने, ‘कार्यपालिका सदस्यहरु चाहिँदैन । यस्तो कुरा अरुसँग चल्छ, हामीसँग चल्दैन ।’ उनले यो प्रस्ताव फिर्ता लिन माग गरे, जसमा अरु वडाध्यक्षहरुले पनि सहमति जनाए ।
प्रमुख प्रशासकीय अधिकृत पौडेलले मेयर सा’बको अनुमतिले यो फिर्ता भयो भन्ने घोषणा गरे । तर वडाध्यक्ष रिजाल रोकिएनन् । उनले फोहोर व्यवस्थापन कार्यदलमा दलीय प्रतिनिधित्वको कुरा गरेकोमा आपत्ति जनाए । उनले अघि भने, ‘हामीले पार्टीको कुरा गरेका छौं रु कांग्रेसको एक जना, एमालेको एक जना भन्ने तपाई को रु’
प्रस्ताव आएपछि कार्यपालिकाले बहुमतका आधारमा निर्णय गर्न सक्ने भन्दै उनले प्रस्ताव फिर्ता लिन आग्रह गरे । कार्यपालिका सदस्यहरुको अपमान गरेको भन्दै उनले भने, ‘एक लाख ९० हजारको भोट पाएर आएका जनप्रतिनिधिहरु छन् । तपाईंले फिर्ता लिएर मेयर साबले टेबल गर्ने हो ।’
पौडेल हच्किए र मेयरलाई माइक दिए । मेयर साहले पनि प्रस्ताव नै हो भन्दै थुम्थुम्याउने प्रयास गरे । तर वडाध्यक्ष रिजाल रोकिएनन्, ‘उनले अबका दिनमा बैठकको उपस्थितिमा हस्ताक्षर नगराउन समेत आग्रह गरे । उनले अघि भने, ‘अब एजेण्डासहित मात्र पास हुन्छ ।’
मेयर साहले एउटै कुरा दोहोर्याइराख्नु परेन भनेपछि वडा नम्बर ७ का वडाध्यक्ष विमलकुमार होडा अघि सारे । उनले भने, ‘बैठक प्रक्रियागत हुनुपर्यो । प्रस्ताव गर्ने, समर्थन गर्ने, अनुमोदन गर्ने, माइन्यूट कसरी गर्ने पनि सिक्नुपर्ने हो त हामीले अब रु’
वडाध्यक्षहरुले पहिले निर्णयको प्रस्ताव गर्न सम्झाए । मेयर साहले ठीक छ, ठीक छ भनिरहे । वडाध्यक्ष होडाले व्यंग्य गरे, ‘संसदीय बैठक प्रणाली सिक्नुस् । मेयर साब इन्जिनियर हुनुभयो, ठीक छ । बैठकको प्रक्रिया अध्ययन गर्नुस् ।’
स्वतन्त्र भनेर आएको मेयरले नै दलको नाम लिएको भन्दै उनले अनुभवी वडाध्यक्षबाट सिक्न समेत सुझाव दिएका छन् ।
केके भयो निर्णय
त्यसपछि मेयर साहले सुरुमा छलफल गरेर आउन पाएको भए सहज हुने स्वीकार गरे । त्यसपछि उनले बुँदागत रुपमा निर्णय प्रस्ताव गरे । महानगरबासीलाई धन्यवाद दिने, फोहोर मैला व्यवस्थापनका लागि सहकार्य गरेर ५र६ जना रहने कार्यदल बनाउने प्रस्ताव गरे ।
रेष्टुरेन्ट र पेट्रोल पम्पहरुसँग सार्वजनिक शौचालय सञ्चालनका लागि सहमति गर्ने प्रस्ताव गर्दै उनले सोधे, ‘यो पास भयो रु’ वडाध्यक्षहरुले टेबल ठोकेपछि मेयर साह अर्को प्रस्तावमा अघि बढे ।