नागरिक पोष्ट News


जसपाका संघीय परिषद् अध्यक्ष डा. भट्टराईले बृद्धभत्ता नलिने घोषणा

812

काठमाडौं - पूर्व प्रधानमन्त्री एवं जसपाका संघीय परिषद् अध्यक्ष डा।बाबुराम भट्टराईले बृद्धभत्ता नलिने घोषणा गर्नुभएको छ । आइतबार संसद भवनमा सञ्चारकर्मीसंग कुरा गर्दै भट्टराईले बृद्धभत्ता लिने उमेर ६८ वर्ष कायम गरेकोमा असन्तुष्टि जनाउँदै बृद्धभत्ता लिएर जनतामा ऋण थप्न आफू सहमत हुन नसक्ने बताउनुभयो ।

सरकारले बृद्धभत्ता नलिनेलाई सम्मान गर्ने बजेटमा घोषणा गरेको थियो । त्यस्तै उहाले सरकारले प्रस्तुत गरेको बजेट मध्यमस्तरको भएको भन्दै बजेटलाई ५ नम्बर दिने बताउनुभयो । त्यस्तै उहाँले बजे आर्थिक विकासको प्रस्थान विन्दु बन्न सक्ने जस्तो नलागेको जिकिर गर्नुभयो ।  वैज्ञानिक भूमिसुधार कार्यक्रम नआएकाले परिणात्मक फड्को मार्न नसकिने उहाको भनाई छ । त्यस्तै एमाले नेता खगराज अधिकारीले बजेटमा विश्वसनियता नरहेको र कार्यान्वयन गर्न नल्याएको तर्क गर्नुभयो ।

बजेटले मुलुकको आर्थिक समस्या समाधान गर्न नसकेको उहाँको भनाई छ । बजेटमार्फत स्वास्थ्य वीमा प्राइभेट कम्पनीलाई दिएर जनस्वास्थ्य माथि गम्भीर खेलबाड गरेको उहाँले बताउनुभयो । अधिकारीले आर्थिक उत्पादन तथा भुक्तानी सन्तुलनमा समेत बजेटले सम्बोधन गर्न नसकेको जिकिर गर्नुभयो । 

Must View