तारा एयरको विमान मुस्ताङको लेते भन्ने डाँडामा दुर्घटना ग्रस्त
काठमाडौं - तारा एयरको विमान मुस्ताङको लेते भन्ने डाँडामा दुर्घटना ग्रस्त भएको आशंका गरिएको छ । आइतबार विहान पोखराबाट जोमसोमका लागि उडेको विमान उडेको केहीबेरमै सम्पर्क विहिन बनेको थियो ।
उक्त विमान लेते भन्ने डाडाँमा दुर्घटना भएको अनुमान गरिएको छ । स्थानीयले ठूलो आवाज सुनिएको र आगो बलेको देखिएको भनेर खबर गरेपछि टोली त्यसतर्फ गएको हो । जिल्ला प्रहरी कार्यालय मुस्ताङको अनुसार घटना भएको भनिएको ठाउँतिर प्रहरीको टोलि पठाइएको छ ।
जिल्ला प्रशासन कार्यालय मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्माले घटनाको कुनै पुष्टि भइनसकेको बताए । उनले भने, ‘पुष्टि हुन सकेको छैन, बुझ्ने काम भइरहेको छ ।
विमानमा क्याप्टेन प्रभाकर घिमिरेले, विमान परिचालिका किस्मी थापा र चालक दलका अर्का सदस्य उत्सब पोखरेल थिए । विमानमा अन्य यात्रु १६ नेपाली र ६ विदेशी सवार भएको खुलेको छ ।