काठमाडौंदेखि चितवनसम्मको यात्रा अब १ घण्टामै
721
काठमाडौं - सरकारले काठमाडौंदेखि चितवनसम्मको यात्रा १ घण्टा बनाइने योजना ल्याएको छ ।
अर्थमन्त्री जनार्दन शर्माले बजेट प्रस्तुत गर्दै काठमाडौंदेखि चितवनसम्मको यात्रा १ घण्टामा गर्ने गरी चन्द्रागिरी–चित्लाङ–पालुङ–चितवन द्रुत मार्ग पहिलो चरणमा निर्माण गरिने बताए ।
यस्तै, चितवन–रामपुर–बुटवल, चितवन–रामपुर–पोखरा द्रुतमार्ग निजी क्षेत्रको लगानीमा निर्माण गर्न लगानी वोर्डमार्फत् प्रक्रिया अघि बढाइने सरकारको तयारी छ ।