कर्मचारीको तलब साउनबाट बढेपछि कति पुग्ने भयो (विवरणसहित)
2.5K
काठमाडौं - सरकारले आगामी आर्थिक वर्षबाट लागू हुने गरी कर्मचारीको तलब १५ प्रतिशतले वृद्धि गर्ने घोषणा गरेको छ । तलब वृद्धिको घोषणासँगै निजामतीतर्फ मुख्यसचिवको तलब सबैभन्दा बढी ७७ हजार २११ पुग्ने भएको छ ।
यसअघि मुख्यसचिवको तलब ६७ हजार १४० रहेकोमा साउनबाट १० हजारले वृद्धि भएको छ ।
सचिवको तलब ६२ हजार ६८० रहेकोमा साउनबाट ७२ हजार ८२, सहसचिवको ४९ हजार ३८० बाट ५६ हजार ७८७ पुग्नेछ ।
खरिदारको तलब २८ हजार ६१० बाट बढेर ३२ हजार ९०१ पुग्नेछ ।