गोधुली साहित्यिक प्रतिष्ठानद्धारा नेपाली कला साहित्यको क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वहरुलाई अभिनन्दन तथा पुरस्कृत
गोधुली साहित्यिक प्रतिष्ठानको चौथो वार्षिक साधारणसभाको अवसरमा नेपाली कला साहित्यको क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वहरुलाई अभिनन्दन तथा पुरस्कृत गरिएको छ ।
आईतवार राजधानीमा आयोजित एक कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले उहाँहरुलाई अभिनन्दन प्रमाणपत्र सहित पुरस्कृत गरिएको हो । अभिनन्दित तथा पुरस्कृत हुनेहरुमा गोधुली दीर्घ साहित्य–सिर्जना विशेष अभिनन्दन ९२०७८० बाट वरिष्ठ कवि डा।दुबसु क्षेत्री रहेका छन भने गोधुली–भानुभक्त पोखरेल बाल साहित्य सम्मान ९२०७८० बाल साहित्यकार निर्मला बराल र गोधुली भद्रकुमारी घले आदर्श आमा पुरस्कार ९२०७८० बाट समाजसेवी पशुपति गुरुङ रहेका छन् । समाजसेवी गुरुङ नगद रु १० हजार सहित पुरस्कृत भएकी हुन् ।
त्यस्तै गोधुली कला सम्मानबाट कलाकार घनश्याम गौतम अभिनन्दित भएका छन् भने गोधुली वर्ष कृति पुरस्कारबाट ‘वोई’ गजल संग्रहका लेखक वसन्त ओली बसन्ती नगद रु १० हजार सहित सम्मानित भएका छन् । गोधुली समाजसेवा सम्मान भने उर्मिला वि।क। र बिना बस्नेतले पाएका छन् । गोधुली युवा सिर्जनशिल सम्मान भुपेन वि।क। र रोशन बिशंखेले पाएका छन् । त्यस्तै गोधुली–कुमारमान मास्के स्मृति सम्मान गणेश लकान्द्री र भाईराम खड्गीले पाएका छन् । गोधुली–चिसकुमारी गुरुङ बाल प्रतिभा पुरस्कार बाल कलाकार प्रसन्न श्रेष्ठले पाएका छन् । उनी नगद रु। २५५५ सहित सम्मानित भएका हुन । त्यस्तै गोधुली सेवा सम्मान ९२०७८० बाट पवनलाल श्रेष्ठ अभिनन्दित भएका छन् । कार्यक्रममा गोधुली दिर्घ साहित्य–सिर्जना विशेष अभिनन्दनबाट अभिनन्दित डा। दुबसु क्षेत्रीले आफुलाई यस अभिनन्दनबाट सम्मान गर्नुभएकोमा खुसी व्यक्त गर्दै आयोजक संस्था गोधुली साहित्यिक प्रतिष्ठान र यस संस्थाका अध्यक्ष प्रकाश समिरलाई धन्यवाद दिए । त्यस्तै कार्यक्रममा बोल्दै समाजसेवी पशुपति गुरुङले आफू धेरै मेहनत गरेर समाजसेवामा लागेको बताए ।
यसैक्रममा गोधुली साहित्यिक प्रतिष्ठानको नयाँ कार्य समिति समेत चयन गरिएको छ । साहित्यकार गंगा लिगलको अध्यक्षतामा सात सदस्यीय कार्यसमिति चयन गरिएको हो । जसमा उपाध्यक्ष ललिता दोषी, कोषाध्यक्ष एलेन घिमिरे, सचिव महेश कठायत सह–सचिव मनमोहन भट्ट र सदस्यहरुमा फुर्वा दोर्जे मोक्तान र रश्मि रिमाल रहेका छन् ।कार्यक्रमलाई प्रतिष्ठानका अध्यक्ष प्रकाश समिरले सञ्चालन गरेका थिए ।