नागरिक पोष्ट News


महिलाको स्वास्थ्य अबस्था

1.1K
 

स्वास्थ्य भनेको सबैको लागी अत्ति नै महत्वपुर्ण विषय हो। बिशेषगरी महिला स्वास्थ्य दिवसको अबसरमा महिलाहरूको स्वास्थ्य के कस्तो छ्, त नेपालमा अहिले पनि महिला , बाल बालिका , ज्येष्ठ नागरिक उचित स्वास्थ , पोषण बाट बञ्चित नै छ्, । महिलामा मृत्युदर कायमै छ,  किशोरीहरुमा कुपोषण तथा  रक्त अल्पत्ता, बिभिन्न सुक्षम पोषणको कमी आदि अझै छ। अहिले महिला होस वा पुरुष कुनै ना कुनै स्वास्थ समस्या बाट ग्रसित नै छ्, त्यो शारिरिक होस वा मानसिक्। अहिले पनि महिलाहरू आफ्नो स्वास्थ्य प्रति त्यत्ति सचेत भएको देखिँदैन ।

घरको मुखिया वा ठुला वडाले खाना खाएपछि मात्र अन्तमा खाने चलन बिदितै छ, । अबको प्रदेश सरकारले हरेक क्षेत्रमा स्वास्थ प्रति त्यसको महत्वलाइ प्रमुख मानेर ४० प्रतिशत बजेट त्यसमै खर्चिने निर्णय गरेकोे छ, ।

अहिले पहिलाको तुलनामा महिलाहरूको स्वास्थ्य अबस्था सूध्रिने कर्ममा देखिन्छ । महिलाहरूमा बिभिन्न रोगहरुमा मधुमेह , उच्च रक्तचाप , थाइरोइड, भिटामिन बि, बि ६ बि १२, डि, सि, , मोटोपना, स्तन क्यान्सर , पाठेघरको क्यान्सर , मेनोपोउज्, एपनिया ( निन्द्रा नलाग्ने ) हाड खिइने, कमजोर हुने, ढाँड, दुख्ने आदि मूख्य हुन ।

कतिपय रोगको बारेमा तँ पारिबारका सदस्यलाइ तँ थाहा नै हुदैन्, भएँ पनि सबैले चासो लिदैन्, अझ कामकाजि महिला हो भने दोहोरो कामको बोझले थिचिएको हुन्छ भने, घरमा बस्ने महिलाको तँ झन कामको साथै त्यसको सही मुल्यान्कन हुदैन्, घरमा काम गरेकोेलाइ तँ कामको कुनै उल्लेख  नै हुदैन्, आफै महिलाहरूले नि म केही गर्दिन भन्छिन् ।

महिलाहरूले आफ्नो स्वास्थको अबस्थाको बारेमा आफै बुझ्ने, कुनै रोग वा समस्या छ, भने चिकित्सक, अस्पताल गएर बुझ्नु पर्ने हुन्छ । आफू औषधी सेवन गरिरहेका छ, भने समय समयमा चिकित्सकको सर सल्लाह लिनुपर्छ । हामी दिनभरिमा के खान्छौ, कति खान्छौ, कति आबश्यक्ता छ त्यो कुरा नि अहिले बुझ्नुपर्ने हुन्छ  हाम्रो शारिरिक , मानसिक्, उमेर , रुचि, के काम गर्ने हो, त्यो सबैको अबस्था हेरेर सन्तुलित भोजन आफ्नो दैनिक जीवनमा समाबेस गर्नु पर्छ । 

महिलाहरूका लागी सबै प्रकारका  भिटामिनहरु अति नै आबश्यक चिज हो। हाम्रो सम्पूर्ण सवास्थ्यको लागि, तथा रोगहरु बाट बच्नका लागी भिटामिन अति नै महत्त्वपूर्ण हुन्छ । धेरै महिलाहरु आफ्नो दैनिक भोजनमा भिटामिन यूक्त खानेकुरा समाबेश गर्दछन् भने कतिपय चिकित्सकको सल्लाह बमोजिम ओखतिको सेबन गर्दछन् । तर हामी एउटा पोषण विशेषज्ञको नाताले खानेकुरा द्वारा परिपूर्ति गर्न सल्लाह दिन्छौ । अमेरिका स्थित एउटा रोग नियन्त्रण केन्द्रका अनुसार भिटामिनमा सुक्ष्म पोषक तत्वहरु तथा खनिज पदार्थ पाइन्छ, जुन महिलाको लागी हर्मोन्, तन्तु, रक्त कोशिकाको वृद्धि बिकासमा मद्दत पुर्याउछ । 

  भिटामिन तथा त्यस्का कार्य र खाद्यप्दर्थहरु:

 

भिटामिन ए = यसले आँखाको ,छाला, नड;, हाड, तन्तु आदि को लागी महत्त्वपूर्ण भुमिका प्रदान गर्दछ । 

भिटामिन ए का स्रोतहरुमा पहेँलो फलफूल तथा तरकारीहरु आदि हुन ,  गाजर्, फर्सि, मेबा, आप्, आरु, खुर्पानि, आदि खानेकुराहरू हामी दैनिक भोजनमा समाबेस गर्न सक्छौँ । 

भिटामिन वि १ ( थाइमिन्)= शरिरको मेटाबोलिज्मको साथै चिल्लो पदार्थलाइ शक्तिमा परिणत गर्द्छ्न। 

यसको स्रोत चिल्लो रहित मासु, बदाम , बिउहरु , ओटस, चोकर सहितको पिठो , अन्न हरु आदि। 

भिटामिन बि (राइबोफ्लाबिन्)= यो रोगहरु सँग लड्ने शक्ति , क्षम्ता तथा अरु रोगको सुरक्षा प्रदान गर्छ । यसको स्रोतहरुमा  दूध तथा दूधका परिकार् दही पनीर ओखर  हरियो सागपात आदि

# भिटामिन बि ३ (नाइसिन्) = मुटु तथा धमनिहरु लाइ बचाउने काम गर्दछ । 

# गेडागुडी , दाल्, माछा, अण्डा , आदिमा पाइन्छ ।

# भिटामिन बि ५ ( पान्टोथेनिक् एसिड)=  यसले हर्मोन् उत्पादन गरेर रोग सँग लड्ने शक्ति पर्दान गर्छ । साथै शक्तिको सन्चालन गर्छन् । 

स्रोतहरु, ब्रोकौलि, चक्लेट, सखरखण्ड , 

# भिटामिन बि ६( ,बायोटिन )= यसले हाम्रो शरिरको  मेटाबोलिज्मको साथै छाला, कपाल , तन्तु लाइ चाहिने हार्मोन उत्पादन गर्छ । 

 

# भिटामिन बि ९ (फोल्याट)= यसले स्नायू प्रनालिलाइ नियमित कार्य गर्न सहयोग पुर्याउद्छ । 

# भिटामिन बि १२( कोबालामाइन्)= यसले रातो रक्त कोशिका , स्नायु ग्रन्थिलाइ स्वस्थ  राख्ने काम गर्दछ ।

 समुन्द्री माछा, गङगटो , अण्डा , दूध , आदिमा पाइन्छ । 

भिटामिन सि = यसले शरीरको तन्तु , छालाको सुरक्षासम्बन्धी तन्तु उत्पादन गर्ने काम गर्छन् । अमिलो फलफूल तथा तरकारी सागपातहरुमा प्रश्स्त र सहजै पाइने गरिन्छ । 

अमला , सुन्तला , कागति , अमिलो फल्फुल आदि हुन। 

भिटामिन डि तथा क्यल्सियम = ,यसले हाडलाइ बलियो , तथा रोग प्रतिरोधात्मक कृयालाइ संचालन गर्ने काम गरिन्छ । यसको स्रोतहरुमा अण्डाको पहेँलो भाग्, दूध , दही , चिज तैलिय सामुद्रिक माछा , ओरेन्ज जुस्, ओतस , बिफ लिभर्, आदि हुन। 

 

भिटामिन के = यो रगत जम्ने तथा स्वास्थ मुटुको लागी अत्ति नै महत्त्वपूर्ण हो। यसको स्रोतहरुमा काले, पालुङो, फर्सिको मून्टा , कुखुराको मासु ,  बिफ लिभर , हरियो सिमि, राज्मा, खुर्पानि सोयाबिन तेल्, बन्दा आदि पर्दछन । 

भिटामिन एम ( मेलाटोनिन)  यो अनिन्द्राको समस्याको लागी अत्ति नै महत्वपुर्ण भिटामिन मानिएको छ। अमेरिका स्थित रोग नियन्त्रक तथा रोकथाम केन्द्रका अनुसार अमेरिकामा ७० प्रतिशत व्यक्तिहरुमा अनिन्द्राको समस्या देखिएको छ्, जुन अहिले पनि बिभिन्न औषधी सेवन गरेकोे पाइएको छ्।

नेपालमा पनि अहिले निन्द्राको समस्या दिनदिनै बढेको पाइएको छ् तर कति प्रतिशतमा हो त्यो अझै पनि अनुसन्धान भएको छैन । यसको खानेकुराहरु बाट केही हदसम्म समाधान गर्न सकिन्छ । दूध , पिस्ता, चेरि, ओटस , च्याउ, तैलिय माछा , भात्, मकै , सिमीहरु आदि हुन । 

राति खान नहुने कुराहरू 

बढी मसलायुक्त खानेकुराहरू , चकलेट, कफि, गोलभेडा पिज्जा अमिलो फलफुल आदि राति खानु हुँदैन । 

योगासन शारिरिक अभ्यास , तनावमुक्त रहने , किताब पढ्ने , लेख्ने आदिले गर्दा गर्दा केही हदसम्म ठीक हुन सक्छ । 

 

मिरा शाह

आहार तथा पोषण विशेषज्ञ 

किर्तिपुर अस्पताल 

नेपाल नेशनल अस्पताल 

 

 

ReplyForward

 

Must View