नागरिक पोष्ट News


तारकेश्वरमा ओप्सको अन्तरविद्यालय व्याटमिन्टन प्रतियोगिता

1.1K
एन्जल्स हार्ट सेकेण्डरी स्कुलको संयोजनमा दुई दिन कार्यक्रम हुन लागेको हो ।

काठमाडौं - जीवन जीउने आधार शिक्षा र शिक्षाको परिपूरक खेलकुद भन्ने नारालाई आत्मसात गर्दै अर्गनाइजेसन अफ प्राइभेट स्कुल ओप्सले यही जेठ १४ र १५ गते दुई दिने व्याटमिन्टन प्रतियोगिता आयोजना गरेको छ । जसमा तारकेश्वर नगरका १३ वटा विद्यालयको सहभागिता रहने आयोजकले जनाएको छ ।

ओप्सको आयोजनामा भएको प्रतियोगिताको संयोजन एन्जेल्स हार्ट स्कुल रहेको छ । प्रतियोगितामा एन्जेल्स हार्ट, सिएचए, फेयरी ल्यान्ड इन्टरनेसनल, ज्ञान मन्दिर, हिमरश्मि, कौशल मा वि।, लालीगुराँस नेसनल एकेडेमी, न्यू एरा एकेडेमी, न्युटन चिल्ड्रेन एकेडेमी, प्रगति मा वि, सेक्रेट हर्ट मा वि। सृजना ज्ञानसागर र तेजेश्वी एकेडेमीलगायतका विद्यालयले प्रतियोगिता भाग लिएका छन् ।

कार्यक्रममा ओप्सका अध्यक्ष एवम् हिमरश्मि विद्यालयका प्रधानाध्यापक लोकेन्द्रबहादुर खड्काले ओप्सका इसिए कार्यक्रमहरु कोरोनाका कारण रोकिएकामा अब निरन्तररुपमा अगाडि बढ्ने जानकारी दिनुभयो । शैक्षिक सत्र २०७९को पहिलो इसिए कार्यक्रमको संयोजन गरेकोमा एन्जेल्स हार्ट स्कुललाई विशेष धन्यवाद पनि दिनुभयो । कार्यक्रममा १२ वर्ष मुनि र १६ वर्षमुनिका खेलाडीहरु बिच प्रतिस्पद्र्धा हुने जनाइएको छ । उक्त कार्यक्रम तारकेश्वर वडा नं १०को जिफोर व्याटमिन्टन हलमा हुने सञ्चालन गरिने छ ।

प्रतियोगितमा विजयी टिमलाई मेडल, ट्रफी, र्सिर्टफिकेट साथै उत्कृष्ट खेलाडी पुरस्कार पनि दिइने आयोजकले जनाएको छ । उक्त प्रतियोगितामा ब्याटमिन्टनका राष्ट्रिय खेलाडी दिपका बोहोराको पनि सहभागिता रहने आयोजकले जनाएको छ । ओप्समा ३० वटा विद्यालय सहभागी छन् ।

Must View