नागरिक पोष्ट News


लोकतन्त्रमा जनताको रोजाई सर्वोच्च हुने भन्दै, नेकपा एमालेकी नेतृ एवं अभिनेत्री करिस्मा मानन्धरद्धारा बालेन्द्र सालाई बधाई 

1.2K

काठमाडौं - नेकपा एमालेकी नेतृ एवं अभिनेत्री करिस्मा मानन्धरले बालेन्द्र सालाई बधाई दिनु भएको छ ।

लोकतन्त्रमा जनताको रोजाई सर्वोच्च हुने भन्दै उहाँले बधाई दिनु भएको हो । अभिनेत्री मानन्धरले काठमाडौं महानगरपालिकामा विजयी मेयर बालेन्द्र साह र उपमेयर सुनिता डङ्गोललाई बधाई दिदैँ यस्तो बयान दिनुभयो ।

साह र डङ्गोल काठमाडौं बासीको रोजाई भएको उहाँको भनाई रहेको छ । उहाँका अनुसार सानो दल ठूलो जनमतले अचानक अगाडि आउने घटनालाई , जनताले लोकप्रिय र विकास् उन्मुख पार्टी रोजेछ भन्न सकिन्छ । तर यो स्थानीय चुनावमा त्यस्तो भएको होईन् । यो चुनावको परिणाम मिश्रित भएको पनि उहाँले बताउनुभयो ।

पुरानो पार्टी नेपाली काङ्ग्रेस गठबन्धन गरेर आंशिक रूपमा पहिलो , नेकपा एमाले एक्लै भएपनी दोस्रो र गठबन्धनका अन्य दल नेकपा माओवादी तेस्रो , नेकपा एस , र अन्य दल जनताको चाहाना नयाँ उम्मेदवारहरु तर्फ झुकेको उल्लेख गर्नुभएको छ ।

उहाँको फेसबुक स्टाटस हेर्नुहोस्

लोकतन्त्रमा जनताको रोजाइ सर्वोच्च हुन्छ । जनतको मत तेता तर्फ आकर्षित हुन्छ जाँहा जनताले आफ्नो भविष्य सुनिश्चित देख्छन् । काठमाडौ माहानगर वासी जनताको रोजाइ , हुनै लागेका नयाँ मेयर बालेन साहलाई बधाई तथा सफल कार्यकालको शुभकामना छ ।

हुनै लागेकी , उपमेयर नेकपा एमाले कि नेत्री क। सुनिता डङ्गोललाइ बधाई तथा सफल कार्यकालको शुभकामना ।

मेरो बिचारमा सबै लोकतान्त्रिक बिचार राख्नेले नयाँ पुस्ताले गरेको यो उर्जासिल प्रयासलाई असाध्यै सकारात्मक तवरले लिनुपर्छ । युवाहरूले राष्ट्रिय राजनीतिमा चासो लिन थाल्नु सकारात्मक परिवर्तनको सुरुवात हो ।

सबै दलहरूको चुनावी प्रयास भनेको आफ्ना नीति योजनाहरु जनता सामु पुर्याउनु र आफ्नो पार्टीलाई अत्याधिक मतले बिजयी बनाउनु नै हुन्छ ।

जनमतको क्रममा ठुला दल अत्यन्तै स्यानो भएर खुम्चिनु १ अनि सानो दल ठूलो जनमतले अचानक आगाडी आउने घटनालाई , जनताले लोकप्रिय र विकास् उन्मुख पार्टी रोजेछ भन्नसकिन्छ ।

तर यो स्थानीय चुनावमा तेसो भएको होइन । यो चुनावको परिणाम मिश्रित छ। पुरानो पार्टी नेपाली काङ्ग्रेस गठबंधन गरेर आंशिक रूपमा पहिलो , नेकपा एमाले एकलै भएपनी दोस्रो र गठबंधनका अन्य दल नेकपा माओवादी तेस्रो , नेकपा एस , र अन्य दल ।।।

जनताको चाहाना नयाँ उम्मेदवारहरु तर्फ झुकेको छ । धरानमा हर्क साम्पाङले जित्नु , विभिन्न स्थानमा स्वतन्त्र उम्मेदवारले जित्नुलाई उदाहरणको रुपमा लिन सकिन्छ । हरेक पार्टिले यो सत्यलाई मनन् गर्नुपर्छ ।

म आफू पनि नेकपा एमालेको पक्षधर भएकोले केही मनमा लागेको कुरा राख्दै छु, यो एउटा नागरिकको हिसाबले सुझाव पनि राख्दै छु । किनभने नागरिकले निष्पक्ष विश्लेषण गर्दछ।

नयाँ सदस्य भएको कारण आन्तरिक कुरा कम थाहा हुनसक्छ ११ तर पार्टीको गरिमा बढेको हेर्न चाहाने भएकोले र यो मुलुकको विकास गर्न एमाले पार्टी सक्षम भयेको आफ्नो विश्वासले अनि आफ्नो कार्यकालमा एमालेको सरकारले गरेको कामबाट प्रभावित भएर पार्टीमा आबद्ध भएको कारण यो कुरा राख्दै छु ।

पार्टीले गहन प्रकारले विगतमा भएका त्रुटी र अप्ठ्यारोमा गरिएको निर्णयबाट पार्टीलाई परेको असरको बारेमा निर्मम र निस्वार्थ समिक्षा गर्नुपर्छ होला र तेसलाइ सच्याएर अगाडि जानुपर्छ ।

किनभने विगतमा भएका घटनाक्रमले गर्दा लोकप्रियता र परिस्थिति निकै राम्रो हुदाहुदै पनि धेरै ठाउँमा आफ्नैहरुबाट अन्तरघातका कारण यथोचित सफलता हासिल गर्न सकिएन ।

धेरै नयाँ पुस्ताका अनुहारलाई अगाडि सार्नु पार्टीको सबल पक्ष रह्यो । मुख्य नेतृत्वले तल सम्मको स–साना कामकारबाहीमा थोरै भए पनि जानकारी लिनुपर्छ होला १

कतै कतै उमेदवारहरुको छनोट पो गलत भयो कि ११ समय परिवर्तनशिल छ , हिजो जे थियो आज छैन ,आज जे छ भोलि हुदैन । तेसैले हिजोको एमालेलाई , आज र भोलि उस्तै सदाबाहार बनाउन हामिले आफुलाइ परिवर्तन गर्नुपर्छ ।

आउदो मुख्य चुनावमा नेकपा एमालेलाई पहिलो नम्बरमा पुर्याउनु पर्छ । चुनावमा एमालेका नेताकार्यकर्ताले जुन उर्जाका साथ दिनरात नभनेर मेहनत गरेको देखे त्यसबाट धेरै कुरा सिक्ने मौका पाए । बिजय हासिल गर्नुहुने सम्पूर्ण कमरेडहरुमा बधाई तथा सफल कार्यकालको शुभकामना अन्त्यमा हामी जे गर्छौ राष्ट्रिय हितको लागि गर्छौ ।

Must View