कसरी बन्ने एयर होस्टेस ?
काठमाडौं - विमान परिचारिका अर्थात् एयर होस्टेस । आफैंमा लोभलाग्दो पेशा हो यो । आकाशमा सयर गर्ने यो पेशा जति रोमाञ्चक छ, उत्तिकै जिम्मेवार पनि ।
अर्को आकर्षक कुरा त के छ भने, क्षणक्षणमै भिन्न हावापानी अनुभव गर्न सकिने । भिन्न भूगोल टेक्न पाइने । त्यसमाथि उचित सेवा(सुविधा त छँदैछ । यस्तो पेशा कसले अपनाउन सक्छन् त रु के कस्ता योग्यता चाहिन्छ रु कहाँ तालिम लिने रु कति खर्च लाग्छ रु वायु सेवामा यस्ता जनशक्तिको माग कति छ रु कति पारिश्रमिक पाइन्छ रु
सामान्यतः एयर होस्टेसका लागि सीमित अवधिको तालिम लिए पुग्छ । खर्च पनि धेरै लाग्दैन । काठमाडौंमा केही यस्ता इन्स्टिच्युट छन्, जहाँ एयर होस्टेससम्बन्धी तालिम लिन सकिन्छ । देशभरमा यस्तो इन्स्टिच्युट दर्जन हाराहारीमा छन् । काठमाडौंमा ७ वटा, चितवन, पोखरा र बुटवलमा एक(एकवटा इन्स्टिच्युट सञ्चालनमा छन् ।
कसरी बन्ने र ?
एयर होस्टेस बन्नका लागि केही शारीरिक मापदण्ड छ । हेर्दा छरितो, आकर्षक, शालिन र आत्मविश्वासी हुनु जरुरी हुन्छ । यस्तो व्यक्तित्व कसरी बनाउने रु तालिममा सिकाइन्छ । यस अन्तर्गतको कोर्समा यात्रुको सत्कार, हेरचाह गर्ने, कुन सूचना कसरी प्रवाह गर्ने कुरामा अभ्यास गराइन्छ । त्यससँगै आपतकालीन अवस्थामा विमानभित्रका यात्रुलाई कसरी सम्हाल्ने, असहज परिस्थितिलाई कसरी सामान्य बनाउने रु उनीहरुमा यसको ज्ञान हुनुपर्छ ।
यो कोर्स महिला पुरुष दुवैले गर्न सक्छन् । महिलालाई एयर होस्टेस भनिन्छ भने पुरुषलाई फ्लाइट स्टेवर्ड भनिन्छ ।
नेपाल एयर होस्टेस एकेडेमीका अध्यक्ष प्रदीपराज वन्त एयर होस्टेस कोर्र्स कम खर्चिलो, छोटो समयको भएकाले यो क्षेत्रमा शतप्रतिशत रोजगारी पाइने बताउँछन् ।
‘एयर होस्टेसप्रति अहिले युवाको लगाव र झुकाव बढ्दै गएको छ । यसको एक मात्र कारण समयमा काम पाइने, छोटो समयावधिको र कम खर्चिलो हुनु नै हो,’ वन्त भन्छन् ।
एयर होस्टेस प्लस टु पढेका विद्यार्थीले पढ्न पाउँछन् । यसमा यो नै विषय पढेकाले पाउँछन् भन्ने हुँदैन । जुनसुकै विषय पढेकाले पनि यो कोर्स पढ्न पाउँछन् ।
कति खर्च लाग्छ रु
वन्तका अनुसार यो कोर्स पढ्न तीनदेखि ६ महिनासम्म लाग्छ । उनीकहाँ यो कोर्स गर्न ५० हजार रुपैयाँ लाग्छ । ड्रेस र कापीकिताब यसै शुल्कमा समावेश गरिएको हुन्छ ।
‘यात्रु विमानमा चढ्दादेखि ओर्लिदासम्मको सत्कार नै विमानको पहिचान हो । यात्रुको सत्कार गर्नु, सहजता प्रदान गर्नु नै एयर होस्टेसको काम हो,’ वन्त भन्छन् ।
कस्ता विद्यार्थीले पढ्न पाउँछन् रु
– जुनसुकै विषयमा प्लस टु उत्तीर्ण
– महिलाको उचाइ ५ फिट २ इन्च र पुरुषको ५ फिट ७ इन्च हुनुपर्ने
– उमेर १८ देखि २८ वर्ष ननाघेको
– अन्तर्राष्ट्रिय उडानका लागि पौडी खेल्न जानेको
– अंग्रेजी भाषामा दख्खल भएको
– दैनिक औषधि सेवन गर्नु नपर्ने
– देखिने स्थानमा ट्याटु नहानेको
– मेडिकल अप्रेसन नगरेको हुनुपर्ने
– शारीरिक र मानसिक रुपमा सुन्दर र आकर्षक हुनुपर्ने
पढ्नुपर्ने विषय
– विमानको इतिहास र प्रकार
– यात्रु सुरक्षा
– यात्रु सत्कार
– फायर फाइटिङ
– ड्रेस र मेकअप
– फुड सर्भिस
– प्राथमिक उपचार विधि
– व्यक्तित्व विकास
– आत्मरक्षा
काम पाउने क्षेत्र
– विमानस्थल
– विमान कम्पनी
– एयरपोर्ट लन्च
– ग्राउन्ड होस्टेस
गर्नुपर्ने काम
– यात्रुको सत्कार गर्ने
– यात्रुको सुरक्षाको अनुभूति दिलाउने
– यात्रुको कमाण्ड लिने
– यात्रुलाई अप्ठ्यारो समयमा सान्त्वना दिने
– सूचना प्रवाह गर्ने
– मौसमसम्बन्धी जानकारी दिने
– परिचयपत्र चेकजाँच गर्ने
मासिक कमाइ
वन्तका अनुसार राष्ट्रिय उडानमा मासिक न्यूनतम ३० हजारदेखि ८० हजारसम्म कमाइ हुन्छ भने अन्तर्राष्ट्रिय उडानमा मासिक एक लाखदेखि दुई लाख रुपैयाँसम्म पनि कमाइ हुन्छ ।
विदेशमा समेत अवसर
एयर होस्टेसलाई नेपालमा मात्रै नभई विदेशमा समेत रोजगारीको अवसर रहेको वन्त बताउँछन् । विदेशी विमानमा समेत नेपाली एयर होस्टेसले काम गर्ने अवसर पाउँछन् ।
उनका अनुसार नेपालबाट एयर एसिया, कतार एयरलाइन्स, दुवैको इमिरेट्स फ्लाइट, फ्लाई दुबई र सिंगापुर फ्लाइट आदिमा नेपाली एयर होस्टेसले रोजगारीको अवसर पाइरहेका छन् ।
विदेशी विमान कम्पनीले नेपालबाट रोजगारीका लागि विमान परिचारिका लैंजादा उनीहरुको इमान्दारिता, सहनशीलता, मिलनसार, आकर्षक(दक्ष, मानसिक र शारीरिक स्वास्थ्यलाई प्राथमिकतामा राख्ने गरेको वन्त बताउँछन् ।
हरेक विमानमा स्टाफ नर्स हुनुपर्ने
विमान हाई अल्टिच्युडमा उड्दा कुनै यात्रु मुर्छा पर्न सक्ने हुँदा त्यसका लागि अहिले हरेक विमानमा स्टार्फ नर्स राख्ने चलन रहेको छ । कुनै यात्रुलाई स्वास्थ्य सम्बन्धी समस्या आएमा र मुर्छा परेमा यात्रुको स्वास्थ्यका लागि विमानमा स्टाफ नर्स राख्ने गरिएको वन्तको तर्क छ ।
२० वर्षदेखि एयर होस्टेसको काम गरिरहेकी ललितपुर पाटनकी अनामिका चौधरी अहिले उनी बुद्ध एयरलाइन्समा क्याबिन क्रुको काम गरिरहेकी छन् ।
पछिल्लो समय एयर होस्टेसमा युवाको झुकाव बढ्दै गएको भन्दै चौधरीले कम खर्चिलो र छिटो काम पाइने भएकाले पनि यसप्रति आकर्षण बढ्दै गएको बताइन् ।
‘देश(विदेश घुम्न र नयाँनयाँ ठाउँ हेर्न पाइने भएकाले एयर होस्टेसमा युवाको आकर्षण बढ्दो छ,’ चौधरी भन्छिन्, ‘एयर होस्टेस व्यावहारिक, शारीरिक(मानसिक रुपमा स्वस्थ र ब्युटी विथ ब्रेन हुनुपर्छ ।
sources:onlinekhabar bata