नागरिक पोष्ट News


तारकेश्वर नगर कार्यपालिका सदस्यको निर्वाचन सम्पन्न

1.3K

काठमाडौं - स्थानीय तह निर्वाचनमा तारकेश्वर नगरपालिका नेपालकै छिटो निर्वाचन कार्यक्रम गर्न सफल भएको छ ।

स्थनीय तह सदस्य निर्वाचन–२०७९ अन्र्तगत तारकेश्वर नगरपालिका धर्मस्थली, काठमाडौंमा हिजो निर्वाचन आयोगको कार्यतालिका बमोजिमको निर्वाचन, नगरकार्यपालिका सदस्यहरुको निर्विरोध निर्वाचन सम्मको कार्यक्रम सम्पन्न भएको छ ।

२०७९ वैशाख ३० गते भएको मतदानपछि निर्वाचन अधिकृतको कार्यालय तारकेश्वरले काठमाडौं उपत्यकामै मतभारको आधारमा सबैभन्दा छिटो मतदान भएको समयको ७६ घण्टामा सबै मतपरिणाम सार्वजनिक एवं घोषणा सम्पन्न भएको थियो । २०७९ जेठ ६ गते निर्वाचित सम्पूर्ण जनप्रतिनिधिज्यूहरुको शपथग्रहण तथा २०७९ जेठ ९ गते सम्पूर्ण कार्यपालिका सदस्यहरुको निर्विरोध निर्वाचित घोषणा तथा शपथग्रहण कार्यक्रम सम्पन्न भएको छ ।

निर्वाचन अधिकृत चपला पोखरेल र संलग्न सबै कर्मचारीहरुलाई निर्वाचन प्रक्रिया सबैभन्दा छिटो, शान्तिपूर्वक र सौहार्द वातावरणमा सम्पन्न भएकोमा मुख्य निर्वाचन अधिकृतज्यूबाट खुशी व्यक्त गर्दै धन्यवाद दिनुभएको थियो । निर्वाचनलाई सरल, सहज र भयरहित रुपमा समयमा नै सम्पन्न गर्न सहयोग गर्नुहुने नगरपालिका कार्यालय, निर्वाचन अधिकृतको कार्यालयका कर्मचारी, सुरक्षाकर्मी, पत्रकार र राजनीतिक दलका प्रतिििनधहरु सबै पक्षलाई धन्यवाद प्रकट गर्नुभएको थियो ।

तारकेश्वर नगर कार्यपालिका सदस्यको निर्वाचन सम्पन्न

काठमाडौँको तारकेश्वर नगरपालिकाको नगर कार्यपालिका सदस्यको निर्वाचन सम्पन्न भएको छ । नगरपालिकाको कार्यालयमा सोमबार भएको कार्यक्रमले सर्वसम्मत रूपमा सदस्यहरूको चयन गरेको हो । निर्वाचन अधिकृत चपला पोखरेलकाअनुसार नगर कार्यपालिकाका सदस्यहरूको भेलाले पाँच महिला र तीन जना दलित तथा अल्पसंख्यकसहित आठ जना सदस्य सर्वसम्मत रूपमा चयन हुनुभएको हो । निर्वाचित सदस्यमा अञ्जु बस्नेत, अप्सरा खड्का, अशोक मगराती, गीता परियार, मीरा थापा, निर्मला मिजार, शान्ता थपलिया, सुन्तली परियार रहनुभएको छ ।

सर्वसम्मत भएका सदस्यलाई आजै निर्वाचित प्रमाणपत्र हस्तान्तरण गरिएको निर्वाचन अधिकृत पोखरेले जानकारी दिनुभयो । अन्तिम मत परिणाम आएको तीन दिन भित्र कार्यपालिकाको निर्वाचन कार्यतालिका सार्वजनिक गर्नुपर्ने र पन्ध्र दिनभित्र निर्वाचन सम्पन्न गरिसक्ने गाउँ कार्यपालिका तथा नगर कार्यपालिका सदस्य निर्वाचन निर्देशिका २०७८ मा व्यवस्था छ ।

Must View