नागरिक पोष्ट News


वीरगञ्ज महानगरमा गठबन्धनका सिंहको फराकिलो अग्रता

0.9K

वीरगञ्ज - वीरगञ्ज  मधेस प्रदेशको एकमात्र महानगरपालिका पर्साको वीरगञ्ज महानगरपालिकाको पछिल्लो मतगणना अनुसार प्रमुख पदमा पाँच दलीय गठबन्धनबाट जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार राजेशमान सिंहले निकटतम प्रतिस्पर्धीभन्दा १८ हजार ७५८ मतान्तरले अग्रता लिएका छन्।

गठबन्धनका उम्मेदवार सिंहले ९चुनाव चिह्न छाता० ३८ हजार ४३७ मतसहित अग्रतालाई निरन्तरता दिएका हुन् भने नेकपा ९एमाले० का उम्मेदवार विजयकुमार सरावगीले १९ हजार ६७९ मतसहित उनी सँग प्रतिस्पर्धामा छन्। हालसम्म ७७ हजार ५५७ मतगणना भएको हो । 

महानगरपालिकामा हालसम्म विभिन्न १६ वडाको मात्र मतगणना सम्पन्न भएको छ भने ३२ वटा वडा रहेको यस महानगरपालिकामा अन्य वडाको मतपरिणाम आउन बाँकी छ ।

 महानगरपालिका नेतृत्वका लागि गठबन्धन बनाउँदा नेपाली कांग्रेस, नेकपा ९माओवादी केन्द्र, नेकपा ९एकीकृत समाजवादी० र जनता समाजवादी पार्टी ९जसपा० का बीचको गठबन्धनबाट सिंह उम्मेदवार बनेका छन्। 

त्यस्तै नेकपा ९एमाले० र लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० बीचको गठबन्धनबाट प्रमुखमा सरावगी उम्मेदवार बनेका हुन्। 

Must View