नागरिक पोष्ट News


अझै पनि तुइन प्रयोग गर्नुपर्ने विवशता

693

हुम्ला - खाद्य व्यवस्था तथा व्यापार कम्पनीले हुम्लाका केही क्षेत्रमा तुुइनबाट नै खाद्यान्न ढुवानी गर्दै आएको छ । कम्पनीका हुुम्ला शाखाका प्रमुख कृष्ण प्रसाद आचार्यका अनुुसार कर्णाली नदी माथि पुल नभएपछि नयाँ तुुइन निर्माण गरेरै खाद्यान्न ढुवानी गर्न थालिएको हो ।

उक्त स्थानसम्म नेपालगन्ज र सुर्खेतबाट गाडीमा खाद्यान्न पुर्‍याइन्छ । खाद्यान्न ढुवानीको जिम्मा पाएको एयर सिम्रिक कार्गो प्रालिले सलीसल्लामा तुुइन निर्माण गरेर ढुवानी गर्ने व्यवस्था गरेको हो । यसका लागि ८ जना कामदारलाई तुुइनमार्फत खाद्यान्न पारि लैजाने जिम्मा लगाइएको छ ।

तुुइन तरेको खाद्यान्नलाई ट्याक्टरबाट सलीसल्लामै निर्माण भएको हेलिप्याड नजिक खाद्यको गोदाममा राख्ने गरिएको छ । उक्त गोदामबाट भने हेलिकप्टरमार्फत खाद्यान्न ढुवानी गरिनेछ । यसरी तुुइनबाट ५ हजार किलोभन्दा बढी खाद्यान्न ढुवानी गर्नुपर्ने शाखाले जनाएको छ 

Must View