नागरिक पोष्ट News


तारकेश्वर नगरपालिकाको नवनिर्वाचित नगर प्रमुख कृष्णहरि महर्जनको महत्वपुर्ण पाँच निर्णय

1.4K

काठमाडौं - काठमाडौं जिल्लाको तारकेश्वर नगरपालिकाको नवनिर्वाचित नगर प्रमुख कृष्णहरि महर्जनले एकैपटक पाँच निर्णय गरेका छन् ।

शुक्रबार नगरपालिकामा पदभार ग्रहणपछि बसेको पहिलो कार्यपालिका बैठकले नगरपालिकामा बढ्दै गएको खानेपानी समस्यालाई मध्यनजर गर्दै “एक घर, एक धारा” स्वच्छ खानेपानी जनताको घरमा पु¥याउन नगरपालिका, प्रदेश र संघको सहयोगमा पहिलो प्राथमिकता दिने निर्णय गरेको नगर सुचना अधिकारी होमनाथ न्यौपानेले बताउनुभयो ।

त्यस्तै नगरभित्र अत्यधिक रुपमा बढाइएको करको दर घटाएर, करको दायरा फराकिलो बनाउँदै सबै नागरिकहरुलाई करको दायरामा ल्याउने निर्णय गरिएको छ । नगरपालिका भित्रका सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर सुधार गर्न नगरपालिकाले पहिलो प्राथमिकता दिने निर्णय गरेको छ ।

हिजोको कार्यपालिका बैठकमा नगर प्रमुख, उपप्रमुख, ११ वडाका वडाअध्यक्षहरू र प्रमुख प्रशासकिय अधिकृत सहितको सम्पन्न भएको छ ।

यी हुन् पाँच निर्णयहरु :

१) लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न आन्दोलन गर्ने शहिदहरुप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै तारकेश्वर नगरपालिकाभित्रका सम्पूर्ण मतदाताहरुलाई धन्यवाद प्रकट गरियो । २) २०७४ सालमा निर्वाचित पूर्व जनप्रतिनिधिहरुप्रति धन्यवाद ज्ञापन गरियो । ३)  “एक घर, एक धारा” अचियानन सञ्चालन गरेर नगरबासीमा स्वच्छ खानेपानीको व्यवस्था गर्न तारकेश्वर नगरपालिका र संघ प्रदेशको सहयोगमा खानेपानीको अवधारणालाई पुरा गर्ने । ४) करको दर घटाउने र करको दायरा फराकिलो बढाउँदै जाने । ५)  तारकेश्वरभित्रका सम्पूर्ण सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्ने ।

Must View