नागरिक पोष्ट News


तार्केश्वोर नगरका प्रमुख कृष्णहरी महर्जनसहित निर्वाचित जनप्रतिनिधिहरुले शपथ लिए (भिडियो सहित)

2K

काठमाडौं - तारकेश्वरका नवनिर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरूले शपथ लिएका छन् । तारकेश्वर नगरपालिकाका प्रमुख कृष्णहरी महर्जनले जिल्ला न्यायधिससँग र उपप्रमुख, वडाध्यक्ष, महिला सदस्य, दलित सदस्य र सदस्यहरुले संयुक्तरुपमा पालिका प्रमुख कृष्णहरी महर्जनबाट पद तथा गोपनियताको शपथ लिएका हुन् ।

दुई चरणमा भएको कार्यक्रममा पहिलो चरणमा निर्वाचित जनप्रतिनिधीहरुलाई प्रमाणपत्र वितरण गरिएको हो । प्रमाणपत्र वितरणमा जनप्रतिनिधिहरुलाई प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले माला र प्रमुख निर्वाचन अधिकृत चपला पोख्रेलले प्रमाणपत्र दिनु भएको थियो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रिजालले निर्वाचन सम्पन्न गर्न सहयोग गर्ने सबैलाई धन्यवाद दिनु भएको थियो ।

दोश्रो चरणको शपथ तथा पदस्थापन कार्यक्रममा प्रमुख निर्वाचन अधिकृत पोख्रेलले निर्वाचन सम्पन्न गर्न सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभएको थियो ।

Must View