संसद् बैठक जारी, विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल
798
काठमाडौं - प्रतिनिधिसभाको बैठक शुक्रबार पनि जारी छ । मंगलबारबाट सुरु भएको संसद्को ११ औँ अधिवेशनको शुक्रबार चौथो बैठक बसिरहेको छ ।
उक्त प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष २०७९र८० को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा ९कर प्रस्ताव बाहेक० माथिको छलफलमा सांसदहरुले आ–आफ्नो धारणा राखिरहेका छन् ।
बुधबारबाट सुरु भएको सो छलफल शुक्रबार पनि चलेको हो । बिहीबारको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले अर्थमन्त्री जनार्दन शर्मालाई बैठकमा सहभागी हुन निर्देशन दिएका थिए । शुक्रबारको जारी बैठकमा मन्त्री शर्मा सहभागी छन् ।