नागरिक पोष्ट News


पोखरा महानगरपालिकामा आचार्यको अग्रता कायमै

1K

कास्की - कास्कीको पोखरा महानगरपालिकामा एकिकृत समाजवादीका मेयर धनराज आचार्यको अग्रता कायमै रहेको छ । ५२ हजार ८ सय १७ मत गणना हुँदा आचार्यले २१ हजार ८ सय ८० मत सहित अग्रस्थानमा रहनु भएको छ ।

उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार कृष्ण थापाले २१ हजार ३ सय ८८ मत र स्वतन्त्र उम्मेदवार खड्कराज पौडेल (गनेस) ले ११ सय ८३ मत पाएका छन् । उपमेयरमा नेकपा एमालेका मञ्जु गुरुङ २२ हजार १ सय ३१ र नेपाली काँग्रेसका कोपिला रानाभाटले २२ हजार १ सय २२ मत प्राप्त गर्नु भएको छ । १२ वडाको मतगणना सकिँदा कांग्रेस ९ र एमाले ३ वडामा विजयी भएको छ ।

Must View