नागरिक पोष्ट News


कविता प्रकरण : को लेखक को चोर ?

672

                                                                     baahrakhari

काठमाडौं - कवि अर्जुन पराजुलीले बुधबार दिउँसो एउटा कविता लेखे, उनले आफ्नो कविता सामाजिक सञ्जालमा समेत सेयर गरे । गोरुले गधालाई सोध्यो  भाइ १ चुनाव त जितिछस् तर, मान्छेले  तँलाई मत कसरी दिए नि रु गधाले भन्यो– चुनाव जित्नुअघि त  म पनि मान्छे नै थिएँ नि ११

डिका नदिई कविता लेख्ने चर्चित कवि अर्जुन पराजुलीले लेखेको यो कविता सामाजिक सञ्जालमा बुधबार ‘भाइरल’ नै भयो ।

तर, राति जब प्रकाशकसमेत रहेका अर्का कवि तथा गीतकार भूपेन्द्र खड्काले अर्जुन पराजुलीलाई चोरको आरोप लगाउँदै सामाजिक सञ्जालमा लेखे, त्यसपछि पराजुलीका विरोधिजति उनलाई गाली गर्न तम्सिए, त्यो पनि सञ्जालमार्फत नै ।

ब्नबलष् न्चयगउ

खड्काले सामाजिक सञ्जाल फेसबुकमा आफूले ९ वर्षअघि लेखेको स्टाटस र पराजुलीको कविता राखेर लेखे– लौ हेर्नुस् १ मैले ९ वर्षअघि लेखेको स्टाटस त्यस बेला भाइरल भएको थ्यो । आज तपाईंका प्रिय कवि अर्जुन पराजुलीले चोरेछन् । हैट बूढालाई के भएछ रु

न्यिदब िदबलप त्यसपछि पराजुलीलाई गालीको वर्षा नै भयो ।

खड्काले ९ वर्षअघि फेसबुकमा सोही कविता राखेका रहेछन्, तर स्रोत उल्लेख नगरी ।

कवि पराजुलीलाई सामाजिक सञ्जालमा खेदो सुरु गरिएपछि उनले फेरि स्क्रिनसट सेयर गर्दै लेखे– आदरणीय मित्रहरू भ्रममा नपर्नुहोला । यो कविता मैले आजभन्दा करिब २५ वर्षअगाडि लेखेको हुँ र लगातार मञ्चमा पनि पढ्दै आएको छु । मलाई लाग्छ, यो स्टाटस मेरो कविताको कपी हो । अझै मलाई चोर बनाउँदै हुनुहुन्छ उहाँ । मलाई चोर बनाउनेको विरुद्धमा अब मैले कानुनी उपचार खोज्नुपर्छ र खोज्नेछु ।

त्यसपछि पनि खड्का रोकिएनन्, उनले फेरि अर्को स्टाटस लेखे र भने( आदरणीय दाइ १ तपाईंको २५ वर्षअघिको प्रमाण लिएर आउन म आग्रह गर्दछु । तपाईं चोर नै हो १ धन्यवाद 

पराजुलीको जवाफपछि केही मत्थर भएका सञ्जालकर्ता फेरि खनिए उनैमाथि ।

राति धेरैजनाले सामाजिक सञ्जालमा खड्काले लेख्नुभन्दा तीन वर्षअघि नै अन्य सञ्जालकर्ताले पराजुलीलाई उद्धृत गर्दै सोही कविता लेखेको स्टाटस राखे ।

चुप लागेका पराजुलीले प्रमाण जुटाउँदै बिहान सामाजिक सञ्जालमा लेखे(

आदरणीय साथीहरू १ मेरो यो कविता– जनमत साहित्यिक मासिकमा २०६३ साल असोज ९पूर्णांक ११५० मा छापिएको छ । मेरो नाममा जनमतले निकालेको विशेषांकमा कवि÷समालोचक रामप्रसाद ज्ञवालीले लेख्नुभएको समीक्षा लेखमा छ यो । आफ्नो सिर्जना अरुले चोरेर चोरेर उल्टै किन चोरिस् भनेर दुनियाँका अगाडि धम्क्याउँदा यस्तो पीडा हुँदोरैछ कि उस्तै मान्छे ९म० भए आत्महत्या गरिसक्थ्यो ।

 

उनले पत्रिकाको तस्बिरसहित लेखे ।

त्यसपछि भूपेन्द्रले आफ्ना सबै स्टाटस मेटे ।

बिहानमात्रै उनले सामाजिक सञ्जालमा माफी माग्दै लेखे–

९ वर्षअघि मैले लेखेको स्टाटस हिजो देख्दा र कवि अर्जुन पराजुलीको कवितासँग हुँबहु मिल्दा मैले किन यस्तो भयो भनेर सोध्न मिल्छ । मैले प्रयोग गरेको भाषाले अर्जुन दाइलाई पर्न गएको असुविधाप्रति क्षमा माग्दछु । मेरो जिज्ञासाचाहिँ यो हो कि ९ वर्षसम्म उहाँ यो रचना मेरो हो भनेर किन बोल्नुभएन रु अर्को कुरा  आजसम्म पृन्टलाइन वा पत्रपत्रिकामा उहाँको सो रचना मैले पढेको पनि छैन र मलाई उहाँको सो कविताबारे थाहा पनि थिएन । अर्को कुरा मेरा स्टाटस वा रचना मैले जानेबुझेका आफैं सृजना गरेका हुन् । एउटा नमीठो संयोगलाई संयोगकै रुपमा लिइदिन आग्रह गर्दछु । धन्यवाद १

त्यसपछि बाह्रखरीसँग कुरा गर्दै पराजुलीले आफू निकै दुःखी भएको बताए ।

“मैले सिस्नोपानी स्थापना नगर्दै २५ वर्षअघि लेखेको कविता, मेरो कविता चोरेर मलाई नै चोरको आरोप लगाउनु भनेको तपाईं आफैँ भन्नुस् त यो भन्दा ठूलो अपराध के होला रु,” उनी प्रतिप्रश्न गर्छन् । 

यदि, आफ्नो कविता चोरेर कमाइको भाँडो बनाएको मात्रै भए आफू चुप लाग्ने तर आफ्नो प्रतिष्ठामाथि नै आँच पुर्‍याएको र  दुनियाँले आफूलाई एक क्षणका लागि भए पनि शंकाको दृष्टिले हेरेकोमा चित्त दुखेको उनले बताए ।

“चोरेर लाने ऊ, मेरो सामान चोरिने र दुनियाँको अगाडि म नै चोर हुनुपर्ने योभन्दा ठूलो अपराध अनि विडम्बना के हुन सक्ला र रु,” उनले पीडा पोखे । 

कवि पराजुलीको यो कविता वि।सं। २०६३ साल असोजमा जनमत साहित्यिक मासिकमा प्रकाशित भइसकेको छ । 

आफूलाई यस्तो आक्षेप लागेकोमा दिएको मानसिक तनावबारे उनी भन्छन्, “आज बिहान मलाई फोन गरेका थिए । मैले नम्बर थाहा नपाएर उठाएँ, उसले आफ्नो नाम लिनेबित्तिकै मैले केही नबोली काटेँ । दोस्रोपटक पनि आएको थियो । तर, मैले उठाइनँ । म बोल्दिनँ । यो देशमा कानुन रहेछ भने त्यो बाटो रोज्छु । उसले चारेर नाममात्र राखेको भए चोरेर बेचेर खाएको भए पनि माफी माग्ने ठाउँ हुन्थ्यो । यो त सामाजिक सञ्जालमा चोरको आक्षेप लगाइयो । सबैले मलाई अर्जुन पराजुली चोर हो भनेर कमेन्टहरू गरे । एकरडेढ घण्टा त म नेपालमा चोर बनेँ । बरु म मर्न सक्छु, तर चोर बनेर बाँच्न सक्दिनँ । ”

उनले आफ्नो जीवनको अति नै दुःखद् क्षण भएको बताए ।

“मेरो जिउ अहिलेसम्म पनि कापिरहेको छ । कुनै दुर्घटना भएको बसमा सबैजना मरेर म एक्लै बाँचेको जस्तो महसुस भइरहेको छ । मेरो ठाउँमा अरू कोही भएको भए आत्महत्याको प्रयास गर्थ्यो होला,” उनले भने ।

यता, खड्काले पनि बाहखरीसँग भने आफूले आफ्ना धारणा सामाजिक सञ्जालमा राखेको बताउँदै मिल्न जानु संयोगमात्रै भएको बताए ।

“आजसम्म मैले कसैको दुई लाइन चोरेर हाल्नुपर्ने मान्छे होइन । कसैका कुरा कपी गरेर स्टाटस पनि लेख्दिनँ, यो संयोग कसरी हुन गयो खै,” खड्काले भने ।

खड्का बुकहिलका प्रकाशक पनि हुन् ।

Sources :      baahrakhari.com

Must View