नेप्से परिसूचक २३.५१ अंकले घट्यो
0.9K
काठमाडौं -यस साताको पाचौं कारोबार दिन बिहीबार शेयरबजार ओरालो लागेको छ ।
यस दिन स्टक एक्सचेन्जमा आबद्व कम्पनीको शेयर कारोबार मापक नेप्से परिसूचक २३.५१ अंकले बढेर २२५०.९१ अंकमा पुगेको छ । बिहीबार २१९ कम्पनीको ३७ लाख ९८ हजार रुपैयाँको शेयर किनबेच हुँदा १ अर्ब ३० करोड ९ लाख ८१ हजार रुपैयाँ भन्दा बढीको कारोबार भएको हो । ठुला कम्पनिको उपसूचक ३.८८ अंकले घटेर ४३७.२१ अंकमा पुगेको छ । यो अघिल्लो दिनको तुलनामा ०.८८ प्रतिशतले बढी हो ।
यस्तै १३ समुहका कम्पनीको उपसूचक मध्ये यस दिन १२ समुहका कम्पनीको कारोबार घटेको छ भने एक समुहका कम्पनीको कारोबार बढेको छ । यस दिन म्युचुअल फण्ड समुहका कम्पनीको कारोबार ०.११ अंकले बढेको छ । यस्तै सबै भन्दा धेरै जिवन बीमा कम्पनी समुहको १७२.२८ अंकले कारोबार घटेको छ । यो अघिल्लो दिनको तुलनामा १.५४ प्रतिशतले बढी हो ।