नागरिक पोष्ट News


धेरै पान खाँदा आउन सक्छन् यस्ता समस्या

1.1K

पानको पातको प्रयोग नेपाल, भारत लगायत दक्षिण एसियाली मुलुकमा धेरै हुने गर्दछ । यसलाई पान मसला बनाएर खाने प्रचलन विशेषगरी नेपालको तराई र भारतमा धेरै छ ।

बहुउपयोगी लहरेदार वनस्पति पानको महत्व धार्मिक तथा सांस्कृतिक पक्षसँग पनि जोडिएको छ । पानको पातमा चुना, कत्था, सुपारीको टुक्रा, सौप लगायत विभिन्न प्रकारका सुगन्धित मसला हाले खाने गरिन्छ । यो स्वादको लागि मात्र नभएर यसको पात औषधिको रुपमा पनि प्रयोग हुन्छ ।

तर पानको सेवन धेरै गर्दा स्वास्थ्यलाई हानि गर्ने चिकित्सकहरु बताउँछन् । यसको बढी प्रयोगले स्वास्थ्य बिग्रिन पनि सक्छ ।

एलर्जीको जोखिम

पानलाई कतिपयले चपाउँदै रस निल्ने गर्छन् त कतिपयले पूरै खाने गर्छन् । विना सावधानी यसको प्रयोग जथाभावी गरियो भने पातबाट एलर्जी पनि हुन सक्छ ।  त्योसँगै यसले मुखको छालामा एलर्जी हुने र छाला रातो हुने समस्या ल्याउन सक्छ ।

गिजा दुख्ने

कतिपय व्यक्ति पानको पातलाई माउथ फ्रेसनरको रुपमा प्रयोग गर्दछन् । यसले मुखमा गन्ध आउन रोक्छ । तर पान खाँदा धेरै चपाउनुपर्ने भएकाले यसले गिजालाई असर गर्छ । गिजा सुन्निने, दुख्ने भएकाले यसमा सतर्कता अपनाउनुपर्छ ।

उच्च रक्तचापको समस्या

पानको बढी प्रयोगले रक्तचाप बढाउँछ । जसबाट मुटुको धड्कन असामान्य हुने, शरीरको तापक्रम घटबढसँगै थाइराइड हर्मोन असन्तुलित हुन सक्छ ।

पान धेरै सेवन नगर्ने

पानको पातबाट बनाइने मसालेदार पान धेरै खानुहुन्छ भने यसलाई कम गर्नुपर्छ । किनकि, धेरै पानको प्रयोगले मुखको क्यान्सर समेत हुनसक्ने चिकित्सकहरु बताउँछन् । पानमा धेरै मात्रामा सूर्तीजन्य पदार्थको प्रयोग गरिएको हुन्छ, जुन स्वास्थ्यका लागि हानिकारक छ ।

गर्भवती अवस्थामा पान खानु हुँदैन

गर्भवती महिलाले त पानको प्रयोग गर्नु नै हुँदैन । पानको अत्यधिक सेवनले आमा र गर्भमा रहेको भ्रुण दुवैलाई असर गर्छ । जसले भ्रुणको राम्रोसँग विकास हुन पाउँदैन । सूर्तीजन्य पदार्थ रहेको पानबाट टाढै रहनुपर्छ ।

ओन्ली माइ हेल्थबाट

Must View