भरतपुरमा दाहालको अग्रता कायमै, मतान्तर २ हजार ३ सय ५७
833
काठमाडौं - भरतपुर महानगरपालिकामा पाँचदलीय गठबन्धनका उम्मेदवार माओवादी केन्द्रकी रेनु दाहालको अग्रता कायमै रहेको छ । पछिल्लो अपडेट अनुसार दाहाल र नेकपा एमालेका विजय सुवेदीबीचको मतान्तर २ हजार ३ सय ५७ पुगेको छ ।
दाहालले १५ हजार १ सय ३४ मत सहित अग्रस्थानमा छ भने सुवेदी १२ हजार ७ सय ७७ मतका साथ पछ्याइरहेका छन् । यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेल ६ हजार २ सय ५३ मतका साथ तेस्रो स्थानमा रहेका छन् । उपप्रमुखमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले १७ हजार ५ सय ३५ र राप्रपाका हिमला गुरुङले ९ हजार ७ सय ३२ मत प्राप्त गरेका छन् । भरतपुर महानगर पालिकामा १ लाख २७ हजार ८ सय ३९ मत खसेको मध्ये अहिलेसम्म २७ हजार ४ सय ३८ मतगणना गरिएको छ ।