ताजा अपडेट : फेरि पनि वालेन शाहले १० हजार भन्दा बढी मत अन्तरले अग्रता लिए
1.2K
काठमाडौ - काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन शाहले १० हजार भन्दा बढी मत अन्तरले अग्रता लिएका छन् । साहले २१ हजार ६ सय २२ मतसहित अग्रस्थानमा रहनु भएको छ । नेकपा एमालेका मेयर उम्मेदरवार केशव स्थापितले अहिलेसम्म ११ हजार ३६ मत प्राप्त गर्नु भएको छ ।
यस्तै पाँच दलीय गठबन्धनको तर्फबाट मेयरमा नेपाली कांग्रेसकी सिर्जना श्रेष्ठले १० हजार २ सय ६७ मत प्राप्त गर्नुभएको छ । उपप्रमुखमा नेकपा एमालेकी सुनिता डंगोलले फराकिलो मतले अन्तर अगाडी रहनु भएको छ । उहाँले १९ हजार ९५६ मतसहित अग्रता लिँदा सत्ता गठबन्धनका उम्मेदवार रामेश्वर श्रेष्ठले ६ हजार ३१६ मत प्राप्त गर्नु भएको छ । त्यस्तै राप्रपाकी बिनिता मगैयाले ३ हजार ४४९ प्राप्त गरेकी छन् ।