नागरिक पोष्ट News


देशरभरका ७५३ स्थानीय निकायको मतपरिणाम आउनेक्रम जारी, २३९ सहित काँग्रेस पहिलो स्थानमा

847

काठमाडौ  - बैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनको मतपरिणाम आउने क्रम जारी रहेको छ । देशरभरका ७५३ स्थानीय निकाय  मध्ये अहिले सम्म ५२८ पालिकाको मतपरिणाम सार्वजनिक भैसकेका छन् । १ सय ५४ वटा नगरपालिका र ३ सय ७४ वटा गाउँपालिका गरी ५ सय २८ वटा पालिकाको अन्तिम नतिजा सार्वजनिक भएको हो ।

नेपाली कांग्रेस २ सय ३९ पालिका जितेर पहिलो स्थानमा रहेको छ । कांग्रेसले ८० नगरपालिकाको मेयर र एक सय ५९ वटा गाउँपालिकाको अध्यक्ष जितेको छ । यस्तै कांग्रेसले ६० वटा नगरपालिकाको उपमेयर र एक सय ६३ वटा गाउँपालिकाको उपाध्यक्ष जितेको छ । कांग्रेसले उपमयेर र उपाध्यक्ष गरी २ सय २३ पालिका जितेको हो । कांग्रेसले २ हजार १ सय ७५ वटा वडाध्यक्ष पद जितेको छ । यस्तै एमाले दोस्रो स्थानमा कायमै छ । एमालेले अहिलेसम्म ४६ वटा नगरपालिकाको मेयर र १ सय १ वटा गाउँपालिकाको अध्यक्ष गरी एक सय ४७ वटा पालिकाको प्रमुख पद जितेको छ । यस्तै एमालेले ५७ वटा नगरपालिकाको उपमेयर, सय वटा गाउँपालिकाको उपाध्यक्ष गरी उपमेयर तथा उपाध्यक्ष १ सय ५७ वटा जितेको छ ।

एमालेले एक हजार ६ सय ९३ वटा वडाध्यक्ष जितेको छ । नेकपा माओवादी केन्द्रले १६ वटा नगरपालिकाको मेयर र ८६ वटा गाउँपालिकाको अध्यक्ष गरी १ सय २ वटा पालिकाको प्रमुख पद जितेको छ । माओवादी केन्द्रले २४ वटा नगरपालिकाको उपमेयर, ८४ वटा गाउँपालिकाको उपाध्यक्ष गरी १ सय ८ वटा उपमेयर÷उपाध्यक्ष जितेको छ । माओवादीले अहिलेसम्म ९ सय ८ वटा वडाध्यक्ष पद जितेको छ । नेकपा एकीकृत समाजवादीले ४ वटा नगरपालिकाको मेयर, पाँच वटा गाउँपालिकाको अध्यक्ष तथा पाँच वटा नगरपालिकाको उपमेयर जितेको छ । नेकपा एकीकृत समाजवादीले उपमेयर र उपाध्यक्ष गरी १५ वटा पालिकामा जितेको छ ।

जसपाले १२ वटा पालिकामा अध्यक्ष र १० वटा पालिकामा उपमेयर तथा उपाध्यक्ष जितेको छ । जसपाले १ सय ८७ वटा वडाअध्यक्ष जितेको छ । अरु दल र स्वतन्त्रले गरी २१ वटा पालिका जितेका छन् । त्यस्तै १५ वटामा उपमेयर÷उपाध्यक्ष जितेका छन् ।

Must View