नागरिक पोष्ट News


नीलकण्ठ नगरपालिका धादिङको मेयरमा कांग्रेसका ढुङ्गाना पुन : निर्वाचित, काँग्रेसको बहुमत कायमै

1.1K

धादिङ - धादिङको नीलकण्ठ नगरपालिकाको मेयरमा पुनः कांग्रेसका भीम प्रसाद ढुङ्गाना विजयी हुनु भएको छ । २०७४ सालको स्थानीय तहको निर्वाचनमा बहुमतका साथ मेयरमा विजयी भएका ढुङ्गानाले यो पटक पनि १३ हजार ६७५ मत ल्याई बिजयी भएका हुन् । उहाँका निकटतम प्रतिद्वन्दी एमालेका उम्मेदवार गंगादेवी श्रेष्ठले ७ हजार ६८४ मत ल्याउनु भएको छ । यस्तै नगरपालिकाको उप मेयरमा  भने माओवादी केन्द्रका दिपक विश्वकर्मा विजयी हुनु भएको छ ।

विश्वकर्मा ९ हजार ३ मत ल्याई बिजयी भए भने उहाँका प्रतिद्वन्दीहरु एमालेका फन्द्रा तामाङको ७ हजार ७८० मत र स्वतन्त्रका उम्मेदवार कल्पना अधिकारीको ४ हजार ३७१ मत ल्याउनु भएको छ । १३ वटै स्थानीय तह मध्ये प्रमुख–उपप्रमुख तथा अध्यक्ष–उपाध्यक्ष मध्ये एक मात्र दलित उम्मेदवार विश्वकर्मा रहेका छन् । नीलकण्ठ नगरपालिकामा माओवादी केन्द्रबाट वडा न १ मा गणेश गुरुङले ६५५, वडा न २ मा ध्वज बहादुर गुरुङले ९४४, वडा न ५ मा राम बहादुर श्रेष्ठले ११४०, वडा न १४ मा नमराज दुवाडीले ९८५ मत प्राप्त गरेका छन् ।

नेपाली काग्रेसबाट वडा न ७ मा गौतमहरि अधिकारीले ११०२, वडा न ९ मा राजन बराइलीले ११८८, वडा न १० मा सरोज पाण्डे ६३१, वडा न ११ मा राम बहादुर श्रेष्ठले ८३५,वडा न १२ मा धर्मराज भण्डारीले १०४५,वडा न १३ मा सोम बहादुर गुरुङले १०१९ मत सहित बिजयी भएका छन् । नेकपा एमालेका उम्मेदवार हरि ब श्रेष्ठले वडा न ४ मा ११०० मत सहित बिजयी भएका छन् ।

नीलकण्ठ  नगरपालिकामा स्वतन्त्र उम्मेदवार राजकुमार श्रेष्ठले नीलकण्ठ ३ मा १३३९ मत र प्रकाश श्रेष्ठले नीलकण्ठ ८ मा ११५३ मत सहित बिजयी भएका छन् । नीलकण्ठ ६ मा नेपाली काग्रेसका उम्मेदवार भुपेन्द्र कुमार श्रेष्ठ र माओवादी केन्द्रका उम्मेदवार लक्ष्मण रम्तेलको बराबरी मत आएपछि हालसम्म पनि गोला प्रथा भएको छैन । २०७४ सालमा वहाँले १३,१६६ मत विजयी हुँदा प्रतिपर्धी एमालेका अर्जुन श्रेष्ठ गोर्खालीले ६,६९० मत पाएका थिए । नगर प्रमुख भिम प्रसाद ढुङ्गानाको जीवनी विक्रम संबत् २०२३ सालमा धादिङ जिल्लाको तत्कालिन मुरलीभञ्ज्याङ गाविसमा जन्मिनुभएका सानै देखि निडर, हक्की र स्पष्ट वक्ताका रुपमा चिनिन्छन् । २०३७ सालमा नीलकण्ठ मावि धादिङबेशीमा कक्षा ७ मा पढ्दै गर्दा नेबिसंघ जिल्ला सदस्य भएका वहाँ कक्षा ९ मा पढ्दै गर्दा २०३९ सालमा १६ वर्षको कलिलो उमेरमै नेपाल विद्यार्थी संघ धादिङको अध्यक्ष बन्न सफल भएका थिए । युवाहरुको माझमा निकै लोक प्रिय छवि बनाएकै कारण वहाँलाई तत्कालिन पञ्चायती सरकारले विभिन्न झुटो मुद्धा लगाई फसाउने सढ्यन्त्र समेत रच्यो । त्यसबाट उम्कन सफल हुनुभयो । २०४२ सालमा भएको सत्याग्रहमा गिरफ्तार भई नुवाकोटमा ५ महिने जेल जीवन बिताउन बाध्य भए । २०४६ साल अघि पञ्चहरुको बिरोधमा उत्रीएकै कारण पटक पटक हिरासत र जेलमा पर्नुभएको थियो । १४ वर्षसम्म नेपाल विद्यार्थी संघ धादिङको नेतृत्व समाल्नुभएका वहाँ २०४९ सालको स्थानिय निकायको चुवाव पछि तत्कालिन मुरलीभञ्ज्याङ गाविसबाट २६ वर्षको उमेरमा गाविस अध्यक्ष बन्न सफल हुनुभएको थियो । विकास प्रेमी नेताको छवि बनाएकै कारण २०५४ सालको स्थानिय निर्वाचनमा पनि वहाँ सोही गाबिसबाट पुन अध्यक्ष बन्न सफल हुनुभएको थियो ।

२०५५ सालमा गाविस राष्ट्रिय महासंघको माहासचिब बने पछि वहाँको राजनैतिक पृष्ठभुमी झन् फराकिलो हुन पुग्यो । २०५९ सालमा गाविस महासंघको तर्फबाट सडक बोर्डको संस्थागत प्रतिनिधि हुदै २०६० सालबाट फन बोर्डको बोर्ड अफ डाइरेक्टर र चियर मेन भएर कार्य सम्पादन गरेका वहाँसंग अन्य बिभिन्न ११ वटा मन्त्रालयमा बोर्ड अफ डाइरेक्टर भएर कार्य सम्पादन गरेको अनुभव समेत रहेको छ । २०४८ सालदेखिनै नेपाली काग्रेस धादिङको बिभिन्न अधिबेशनबाट निरन्तर क्षेत्रीय प्रतिनिधि, महादिबेशन प्रतिनिधि र महासमिति सदस्य बन्न सफल वहाँ नेपाली कांग्रेसको धादिङ क्षेत्र नं २ का पुर्व सभापति समेत हुन् । १४औँ महाधिवेशनमा पार्टीको जिल्ला सभापतिको लागि प्रत्याशी समेत रहनुभएका वहाँ नेपाली कांग्रेस धादिङ लोक प्रिय नेता मानिन्छन् ।

एक्सन नेपालका अध्यक्ष समेत रहेका वहाँले बिभिन्न अन्तराष्ट्रिय गैर सरकारी संस्थाको सहयोगमा धादिङ जिल्लाको सबै गाउँपालिका र नगरपालिकामा विकासको लहर पुर्याउन सफल भएका छन् । खानेपानी, सडक, कुलो, झोलुङ्गे पुल, जिविकोपार्जन कार्यक्रमलाई गाउँ गाउँसम्म पुर्याउन वहाँले गरेको मेहनतलाई धादिङबासीले निकै श्रद्धाका साथ हेर्ने गरेको पाउन सकिन्छ । धादिङको विकास प्रेमी युवा नेताको रुपमा परिचित वहाँले पहिलो ५ वर्षे कार्यकालमा हरेक वर्ष नीलकण्ठलाई देशभरको उत्कृष्ट नगरपालिका नगरपालिका बनाउन सफल हुनुभएको थियो ।

Must View