नागरिक पोष्ट News


घोराही उपमहानगरपालिकामा नगरप्रमुख र उपप्रमुखमा नेकपा (एमाले) विजयी

1K

दाङ – घोराही उपमहानगरपालिकामा नगरप्रमुख र उपप्रमुखमा नेकपा (एमाले) विजयी भएको छ ।

प्रमुखमा नरुलाल चौधरी ३१ हजार ७२८ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा ९माओवादी केन्द्र०का हेमराज शर्माले २६ हजार ३२८ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिए । चौधरी निवर्तमान नगरप्रमुख हुन् ।

उपप्रमुखमा एमालेकै हुमा डीसी ३० हजार ४०३ मत प्राप्त गरी विजयी भइन्। उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका भुपबहादुर डाँगीले ३० हजार ३५४ मत प्राप्त गरे ।

१९ वडामध्ये घोराहीमा वडा नं १, २, ३, ४, ५, ६, ८, ११, १२, १४ र १८ मा एमाले, वडा नं १०, १३, १५, १६ र १९ मा काँग्रेस तथा वडा नं ९ मा माओवादी केन्द्र विजयी भयो ।

उपमहानगरपालिकामा कूल एक लाख १२ हजार ९२७ मतदाता रहेकामा ७६ हजार ५२९ ९६७।७६ प्रतिशत० मत खसेको थियो ।

Must View