नागरिक पोष्ट News


बूढानीलकण्ठ–१२ मा नेकपा एमालेका शम्भु भट्टराईको प्यानलै विजयी

1.1K

काठमाडौं - बूढानीलकण्ठ नगरपालिका वडा नं। १२ मा नेकपा एमालेका शम्भुप्रसाद भट्टराई नेतृत्वको प्यानलै विजयी भएको छ । उनले निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका उम्मेद्वारलाई २३७ मतले पराजित गरेका हुन् ।

बूनपा १२ को अन्तिम मत परिणाम अनुसार नेकपा एमालेका उम्मेद्वार शम्भुप्रसाद भट्टराईले १३७९ मत प्राप्त गर्दा नेपाली कांग्रेसका उम्मेद्वारले ११४२ मत प्राप्त गरेका छन् ।

वडाध्यक्षमा शम्भुप्रसाद भट्टराई निर्वाचित हुँदा महिला वडा सदस्यमा नेकपा एमालेकै ईश्वरी खतिवडा ९भट्टराई०, दलित महिला सदस्यमा मिना बयलकोटी, खुल्ला सदस्यहरुमा डिल्ली प्रसाद खतिवडा र शान्ता ढकाल ९पुडासैनी० विजयी भएका छन् ।

प्राप्त मत परिणाम अनुसार बूढानीलकण्ठ नगरपालिका वडा नं। १२ सम्म आईपुग्दा नगरप्रमुख र उपप्रमुखमा समेत नेकपा एमालेकै उम्मेदवारहरुको वर्चस्व देखिन्छ ।

Must View