नागरिक पोष्ट News


बूढानीलकण्ठ—१३ मा नेकपा एमालेका टिका नारायण श्रेष्ठको प्यानलै विजयी

1.4K

काठमाडौं - बूढानीलकण्ठ नगरपालिका वडा नं। १३ मा नेकपा एमालेका टिका नारायण श्रेष्ठ नेतृत्वको प्यानलै विजयी भएको छ ।

बूनपा १३ को अन्तिम मत परिणाम अनुसार नेकपा एमालेका उम्मेद्वार टिका नारायण श्रेष्ठले १,६८७ मत प्राप्त गर्दा नेपाली कांग्रेसका उम्मेद्वारले १,४७३ मत प्राप्त गरेका छन् ।

वडाध्यक्षमा टिका नारायण श्रेष्ठ निर्वाचित हुँदा महिला वडा सदस्यमा नेकपा एमालेकै रीना श्रेष्ठ, दलित महिला सदस्यमा राम माया विश्वकर्मा, खुल्ला सदस्यहरुमा मंगल नगरकोटी र श्याम श्रेष्ठ विजयी भएका छन् ।

Must View