नेप्से ८.९० अंकले बढ्यो
1.2K
काठमाडौं - यस साताको चौंथो कारोबार दिन बुधबार शेयरबजार उकालो लागेको छ ।
यस दिन स्टक एक्सचेन्जमा आबद्व कम्पनीको शेयर कारोबार मापक नेप्से परिसूचक ८.९० अंकले बढेर २२७४.४२ अंकमा पुगेको छ ।
सोमबार २२७ कम्पनीको ३१ लाख ५६ हजार रुपैयाँको शेयर किनबेच हुँदा १ अर्ब ३२ करोड ६३ लाख २० हजार रुपैयाँ भन्दा बढीको कारोबार भएको हो ।
ठुला कम्पनिको उपसूचक २.४१ अंकले बढेर ४४१.०९ अंकमा पुगेको छ । यो अघिल्लो दिनको तुलनामा ०.५५ प्रतिशतले बढी हो ।
१३ समुहका कम्पनीको उपसूचक मध्ये यस दिन ८ समुहका कम्पनीको कारोबार बढेको छ भने ५ समुहका कम्पनीको कारोबार घटेको छ । यस दिन सबै भन्दा धेरै विकाश बैंक समुहका कम्पनीको कारोबार सबै भन्दा धेरै ५५.५५ अंकले बढेको छ । यस्तै जिवन बीमाको कम्पनी समुहको ९८.९१ अंकले कारोबार घटेको छ । यो अघिल्लो दिनको तुलनामा ०.८७ प्रतिशतले बढी हो ।