नागरिक पोष्ट News


बूढानीलकण्ठ नगरपालिकाको मेयर र उपमेयरमा एमाले विजयी

1.1K

काठमाडौं - बूढानीलकण्ठ नगरपालिकाको मेयर र उपमेयरसहित बहुमत वार्ड नेकपा एमालेले जितेको छ ।

मेयरमा १४२५० मत ल्याएर मिठाराम अधिकारी विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी कांग्रेसका विनोद चालिसे ११५१२ मत ल्याएका छन् । दुईजनाको मतको अन्तर २७३८ छ ।

त्यस्तै उपमेयरमा १४३१४ मतका साथ एमालेकै अनिता लामा विजयी भएकी छन् । प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी रमिला वाग्लेले ११९७२ मत ल्याइन् ।

नगरपालिकाका १३ मध्ये १० वडामा एमाले विजयी भएको छ भने दुईवटामा कांग्रेस र एउटामा स्वतन्त्रले जितेका छन् । काठमाडौंका महानगरबाहेक १० नगरपालिकामध्ये अहिलेसम्म कांग्रेसले दक्षिणकाली,तारकेश्वर र किर्तिपुर जितिसकेको छ ।

Must View