नागरिक पोष्ट News


काठमाडौं महानगरमा ८,५३३  मत अन्तरले बालेनको अग्रता  

1.1K

काठमाडौं - काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन)ले नेकपा एमालेका उम्मेदवार केशव स्थापितभन्दा ८ हजार भन्दा बढी मत अन्तरले अग्रता लिएका छन् ।

४३ हजार ६४८ मतगणना गर्दा बालेन्द्रले १७ हजार ६ सय ४३ मत पाएका छन् । नेकपा एमालेका उम्मेदवार स्थापितले ९ हजार ११०  मत पाएका छन् । उनीहरुबीचको मत अन्तर ८ हजार ५  सय ३३  छ ।

तेस्रो स्थानमा रहेकी नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ७ हजार ९४१ मत पाएकी छन् ।  

Must View