नागरिक पोष्ट News


फेरी घट्यो सुनको मूल्य  

1.1K

काठमाडौं - सुनको मूल्य तोलमा ९ सय रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ९ सय रुपैयाँ र चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको छ ।

बुधबार छापावाल सुनको मूल्य तोलामा ९५ हजार ८ सय रुपैयाँ तोकिएको छ भने तेजावी सुनको मूल्य ९५ हजार ३ सय रुपैयाँ तोकिएको छ । यस्तै बुधबार चाँदीको मूल्य तोलामा १२ सय ५० रुपैयाँ तोकिएको छ ।

मंगलबार ९६ हजार ७ सय रुपैयाँमा छापावाल र ९६ हजार २ सय रुपैयाँमा तेजावी सुनको खरिद बिक्री भएको थियो । यस्तै मंगलबार चाँदीको मूल्य प्रतितोला १२ सय ६० रुपैयाँ थियो ।

Must View