नागरिक पोष्ट News


दोस्रो कार्यकाकाल लागि  एमालेका प्रकाश अधिकारी टोखाको मेयरमा बिजयी

1.2K

काठमाडौं - काठमाडौंको टोखा नगरपालिकाको मेयरमा नेकपा एमाले विजयी भएका छन् । एमालेबाट मेयरका उम्मेदवार प्रकाश अधिकारी १० हजार ३ सय ४० मत ल्याएर निर्वाचित भएका हुन् । अधिकारीले निकटतम प्रतिस्पर्धी काँग्रेसकी रजनी थापालाई १ सय ७४ मतान्तरले पराजित गरे । थापाको १० हजार १ सय ७७ मत आएको छ ।

नगरपालिकाको उपमेयरमा भने काँग्रेसका मुरारी तामाङ निर्वाचित भएका छन् । उनले १० हजार १ सय ३२ मत प्राप्त गरेका छन् । एमालेका उम्मेदवार ज्ञानमाया डंगोलले ९ हजार ५ सय १८ मत ल्याएकी थिइन् ।

एमालेका अधिकारी दोस्रो कार्यकालका लागि टोखाको मेयरमा निर्वाचित भएका हुन् । उनले २०७४ सालको स्थानीय तह निर्वाचनमा पनि मेयरमा जित हासिल गरेका थिए ।

 

 

Must View