नागरिक पोष्ट News


नुवाकोटको शिवपुरीमा अध्यक्षमा गोविन्द थपलिया र उपाध्यक्षमा बीर बहादुर तामाङ विजयी

1.5K

काठमाडौं, नुवाकोटको शिवपुरी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका गोविन्द प्रसाद थपलिया विजयी भएका छन् । उनले नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादीको गठबन्धन उम्मेदवार पदम बहादुर उप्रेतीलाई १०९ मतले पराजित गरे ।

तिव्र प्रतिष्पर्धाका बाबजुद शिवपुरी गाउँपालिकाको बागडोर थपलियाले सम्हाल्ने भएका छन् । थपलियाले ४१८२ मत प्राप्त गरे भने उप्रेतीले ४०७३ मत प्राप्त गरे । अर्का प्रतिष्पर्धी नेकपा एमालेका उम्मेदवार जितेन्द्र बिष्टले ३२६८ र राप्रपाका सुन्दर प्रसाद पाण्डेले ५४२ मत प्राप्त गरे ।

त्यस्तै शिवपुरी गाउँपालिकाको उपाध्यक्षमा माओवादी र समाजवादी गठबन्धनका उम्मेदवार विर बहादुर तामाङ विजयी भएका छन् । उनले ४५२० मत प्राप्त गरे ।

उनका निकटतम प्रतिष्पर्धी नेपाली कांग्रेसका इन्दिरा खड्काले ४०५६ मत प्राप्त गरे । अर्का प्रतिष्पर्धी नेकपा एमालेका मंगलमाया प्रजापतीले ३१६३ र राप्रपाका बट्टाई अधिकारीले ५६९ मत प्राप्त गरेका छन् ।

त्यस्तै वडा नं. ८ को वडा अध्यक्षमा नेपाली कांग्रेसको प्यानल नै विजयी भएको छ । वडा अध्यक्षमा केशव रिजाल, महिला सदस्यमा भरत कुमारी थापा, दलित महिला वडा सदस्यमा सरिता नेपाली, खुला वडा सदस्यहरुमा अक्कल बहादुर तामाङ र राम बहादुर पाठक विजयी भएका छन् ।

Must View