नागरिक पोष्ट News


२५ हजार मत गणना , बालेनको अग्रता कायमै -  १९ उम्मेदवारले १ भोट पनि पाएनन्

2.3K

काठमाडौँ -  काठमाडौं महानगरपालिकामा हालसम्म २५ हजार ९४ मतगणना सकिएको छ । हालसम्म स्वतन्त्र हैसियतमा लौरो चुनाव चिह्न लिएर मेयर पदमा प्रतिस्पर्धा गरिरहेका बालेन शाहले अग्रता बनाइरहेका छन् । उनको निकै पछि एमालेका उम्मेदवार केशव स्थापित रहेका छन् भने स्थापित भन्दा पनि पछि काँग्रेस उम्मेदवार सिर्जना सिंह परेकी छन् । 

रोचक त के छ भने काठमाडौं महानगरपालिकामा उम्मेदवारी दिएकामध्ये १९ उम्मेदारले हालसम्म एक मत पनि पाउन सकेका छैनन् । यसरी शून्य मत ल्याउनेमा चुनाव चिह्नहरु कलमको फूल, ब्याडमिन्टन कर्क, हाँस, सेफ्टी पिन, बिरालो, प्रेसर कुकर, चुलेसी, भ्यागुतो, कक प्लेट, ठेकी, जोडी कमबुट, भालु, घण्टाघर, कंगारु, फ्रक, चौबन्दी चोलो, खसीको टाउको, बदेल र ग्यास सिलिन्डर भएका पाएका उम्मेदवारहरु रहेका छन् । 

 

Must View