नागरिक पोष्ट News


माओवादी केन्द्रका रमेश आचार्य बहुमतका साथ धुनिवेशी-६ मा बिजयी   

2.1K

काठमाडौँ  - धादिङको धुनिवेशी नगरपालिका वडा नम्बर ६ को वडा अध्यक्षमा नेकपा माओवादी केन्द्रबाट रमेश प्रसाद आचार्य विजयी भएका छन् । आचार्य सहित गठबन्धन तर्फको प्यानलै विजयी भएको हो ।

  वडा अध्यक्षमा विजयी आचार्यले ८१७ मत ल्याएका छन् भने नेकपा एमालेका उम्मेदवार विजय तामाङले ५३२ मत ल्याएका छन् । यस्तै राप्रपाका विष्णुहरी उप्रेतीले ४५ मत र स्वतन्त्रका उज्जवल बानिँयाले ७७ मत ल्याएका छन् ।

धुनिवेशी ६ मा गठबन्धनलाई मेयरमा ९३२ मत प्राप्त भएको छ भने उपमेयरमा ९४८ प्राप्त भएको छ । यस्तै उक्त वडामा एमालेलाई मेयरमा ५१६ मत प्राप्त भएको छ भने उपमेयरलाई ४८३ मत प्राप्त भएको छ । राप्रपाले मेयरका लागि ११ र उपमेयरका लागि १८ मत पाएको छ ।

उक्त वडामा कुल मतदाता सङ्ख्या २२१५ रहेपनि गत शुक्रबार भएको निर्वाचनमा १६२९ मत खसेको थियो । यस्तै २० मतपत्र सम्र्पुण रुपमा बदर भएको निर्वाचन अधिकृतको कार्यालय खानिखोलाले जनाएको छ । 

Must View