नागरिक पोष्ट News


धुनीबेसीको नगरप्रमुखमा एकीकृत समाजवादीका आचार्य दोहोरिए , एमालेका रामराजा पाण्डे २११४ मतले पराजित 

3.4K

धादिङ - धादिङको धुनीबेसी नगरपालिकाको मेयरमा गठबन्धनका साझा उम्मेदवार एकीकृत समाजवादीका बालकृष्ण आचार्य विजयी भएका छन् । आचार्यले ८७०६ मत ल्याई विजयी हुँदा उनको निकटम प्रतिद्वन्दी नेकपा एमालेका रामराजा पाण्डेले ६५९२ मत ल्याएका थिए ।

यस्तै उपमेयरमा गठबन्धन कै साझा उम्मेदवार नेपाली कांग्रेसका सुरज उप्रेती  विजयी भएका छन् । उप्रेतीले ८३८७ मत ल्याई विजयी हुँदा उनको निकटम प्रतिद्वन्दी एमालेकी मन्दिरा श्रेष्ठले ६४७० मत ल्याएकी थिईन् ।

विजयी वडा अध्यक्षहरु धुनीबेसी १ मानबहादुर तामाङ माओवादी केन्द्र धुनीबेसी २ मा लक्ष्यजित तामाङ एकीकृत समाजवादी धुनीबेसी ३ मा प्रकाश हमाल कांग्रेस धुनीबेसी ४ हरि सुवेदी विजयी एकीकृत समाजवादी धुनीबेसी ५ मा विशाल भट्टराई स्वतन्त्र धुनीबेसी ६ मा रमेश आचार्य माओवादी केन्द्र धुनिवेशी ७ यदुनाथ पाठक कांग्रेस धुनीबेसी ८ मा रामकृष्ण रेग्मी माओवादी केन्द्र धुनीबेसी ९ मा माधव प्रसाद सिलवाल कांग्रेस

Must View