नागरिक पोष्ट News


काठमाण्डाैकाे कीर्तिपुर नगरपालिकामा मेयर र उपमेयरमा कांग्रेस विजयी

1.8K

काठमाण्डौ – काठमाण्डौको कीर्तिपुर नगरपालिकाकाे मेयरमा नेपाली कांग्रेसका राजकुमार नकर्मी विजयी हुनु भएको छ । उहाँले तीन हजार ५३६ मतको फराकिलो मतअन्तरसहित नेकपा एमालेका केशरत्न बज्राचार्यलाई पछि पार्नुभएकाे हाे । 

नकर्मीको नौ हजार ४३ मत छ भने एमालेका बज्राचार्यको पाँच हजार ५०७ मत छ । माओवादी केन्द्रका शिवशरण महर्जनले चार हजार ९० मत प्राप्त गर्नु भएको छ । 

यस्तै उपमेयरमा पनि नेपाली कांग्रेसकी शुभलक्ष्मी शाक्य विजयी हुनु भएको छ । उहाँ आठ हजार ६६५ मतसहित विजयी हुनु भएको हो । उहाँका निकटतम प्रतिष्पर्धी एमालेकी विन्दु महर्जनले भने सात हजार २०६ मत प्राप्त गर्नु भएको छ । 

१० वटा वडा रहेको यस पालिकामा एक वटा वडाध्यक्षमा स्वतन्त्र र बाँकी सबै नेपाली कांग्रेसले जितेको छ ।

Must View