नागरिक पोष्ट News


तारकेश्वर वडा नं. २ मा धेरै मतान्तरसहित नेपाली काँग्रेसको प्यानल नै विजयी

1.1K

काठमाडौं - काठमाडौँको तारकेश्वर नगरपालिका वडा नम्बर २ मा काँग्रेसको प्यानल नै निर्वाचित भएको छ ।

शुक्रबार भएको स्थानीय तहको निर्वाचनको मतगणनाको अन्तिम परिणामअनुसार नेपाली काँग्रेसका वडा अध्यक्षका उम्मेदवार राधाकृष्ण खड्गीको प्यानल नै विजयी भएको हो ।

खड्गीले ११२६ मत ल्याएर विजयी भएका हुन् । उनको निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका उम्मेदवारले ७१८ मत ल्याएका छन ।

मेयरमा तारकेश्वर २ मा रुखले १२२१ मत प्राप्त गर्दा सुर्यले ७९४ मतमात्र प्राप्त गरेको छ । उपप्रमुखमा सुर्यले ७३६ मत प्राप्त गर्दा रुखले ११९६ मत प्राप्त गरेको छ ।

यस्तो छ मतपरिणाम 

सूर्य                          रुख

मेयर ७९४                  १२२१

उपमेयर ७३६             ११९६

वडाध्यक्ष ७१८                ११२६

महिला सदस्य ६४८           ११९३

दलित सदस्य ६६१           ११३३

खुला सदस्य ६३६             १०६०

खुला सदस्य ५७३             ११८८

Must View