नागरिक पोष्ट News


तारकेश्वर ३ मा वडाअध्यक्ष नेपाली काँग्रेसबाट र सदस्यहरु एमालेबाट विजयी

0.9K

काठमाडौं - काठमाडौँको तारकेश्वर नगरपालिका वडा नम्बर ३ मा काँग्रेस र एमाले मिश्रित प्यानल निर्वाचित भएको छ ।

शुक्रबार भएको स्थानीय तहको निर्वाचनको मतगणनाको अन्तिम परिणामअनुसार नेपाली काँग्रेसका वडा अध्यक्षका उम्मेदवार परशुराम अर्याल विजयी भएका छन् ।

अर्यालले १०५१ मत ल्याएर विजयी भएका हुन् । उनको निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका उम्मेदवारले ९७९ मत ल्याएका छन ।

मेयरमा तारकेश्वर ३ मा रुखले १२४४ मत प्राप्त गर्दा सुर्यले १०६२ मतमात्र प्राप्त गरेको छ । उपप्रमुखमा सुर्यले ११०४ मत प्राप्त गर्दा रुखले ११२२ मत प्राप्त गरेको छ ।

यस्तो छ मतपरिणाम स्

                  सूर्य           रुख

मेयर            १०६२         १२२१

उपमेयर          ११०४        ११९६

वडाध्यक्ष          ९७९       १०५१

महिला सदस्य   ११६५      ८९६

दलित सदस्य    १०८४         ९४७

खुला सदस्य      ११३१      ८२०

खुला सदस्य      ९६७       ८५७

Must View