नागरिक पोष्ट News


तारकेश्वर वडा नं. ४ मा एमालेको प्यानल नै विजयी

1K

काठमाडौं - काठमाडौँको तारकेश्वर नगरपालिका वडा नम्बर ४ मा एमालेको प्यानल नै निर्वाचित भएको छ ।

शुक्रबार भएको स्थानीय तहको निर्वाचनको मतगणनाको अन्तिम परिणामअनुसार नेकपा एमालेका वडा अध्यक्षका उम्मेदवार नरेन्द्रदास श्रेष्ठको प्यानल नै विजयी भएको हो ।

श्रेष्ठले ७८५ मत ल्याएर विजयी भएका हुन् । उनको निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका उम्मेदवारले ६५० मत ल्याएका छन ।

मेयरमा तारकेश्वर ४ मा सूर्यले ७०५ मत प्राप्त गर्दा रूखले ६९४ मतमात्र प्राप्त गरेको छ । उपप्रमुखमा सुर्यले ६४७ मत प्राप्त गर्दा रुखले ६२४ मत प्राप्त गरेको छ । तारकेश्वर ४ मा १९७६ मत खसेको भएपनि ४७ मत मात्र बदर भएको थियो ।

यस्तो छ मतपरिणाम स्

         सूर्य        रुख

मेयर     ७०५     ६९४

उपमेयर ६४७    ६२४

वडाध्यक्ष  ७८५        ६५०

महिला सदस्य ७५५     ५६४

दलित सदस्य ७६६      ५७५

खुला सदस्य ७०८      ५९१

खुला सदस्य ७०२      ५८३

Must View