नागरिक पोष्ट News


तारकेश्वर वडा नं. ५ मा अध्यक्षमा काँग्रेससहित सदस्यमा एमालेको मिश्रित प्यानल विजयी

1.5K

काठमाडौं - काठमाडौँको तारकेश्वर नगरपालिका वडा नम्बर ५ मा नेपाली काँग्रेस र एमालेको मिश्रित प्यानल निर्वाचित भएको छ ।

शुक्रबार भएको स्थानीय तहको निर्वाचनको मतगणनाको अन्तिम परिणामअनुसार नेपाली काँग्रेसका वडा अध्यक्षका उम्मेदवार सम्भु फयाँल मात्र विजयी भएका छन् । त्यस्तै वडा सदस्यहरुमा एमालेबाट ४ जना निर्वाचित भएका छन् ।

फुयाँलले ११९१ मत ल्याएर विजयी भएका हुन् । उनको निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका उम्मेदवारले ११४० मत ल्याएका छन ।

मेयरमा तारकेश्वर ५ मा सूर्यले ९५७ मत प्राप्त गर्दा रूखले १७४३ मत प्राप्त गरेको छ । उपप्रमुखमा सुर्यले ९९९ मत प्राप्त गर्दा रुखले १६४८ मत प्राप्त गरेको छ । तारकेश्वर ५ मा ३२१९ मत खसेको भएपनि ५८ मत मात्र बदर भएको थियो ।

यस्तो छ मतपरिणाम स्

                       सूर्य        रुख

मेयर                ९५७        १७४३

उपमेयर           ९९९         १६४८

वडाध्यक्ष          ११४०        ११९१

महिला सदस्य   १३०३        १११३

दलित सदस्य    १२३२        १२१६

खुला सदस्य     १३७९        ९९९

खुला सदस्य     १२२८        १०२८

Must View