नागरिक पोष्ट News


तारकेश्वर नगरपालिकामा काँग्रेसका कृष्‍णहरी महर्जनको अग्रता कायमै, रामेश्वर बोहरा ३ हजार मतले पछाडि

2.7K

काठमाडौं । तारकेश्वर नगरपालिकामा नेपाली कांग्रेसबाट मेयरका उम्मेदवार कृष्‍णहरी महर्जन अग्र स्थानमा रहेका छन् । महर्जन ८ हजार ८ सय ५५ मतका साथ अग्र स्थानमा कायमै रहेका छन् । महर्जनलाई पछ्याइरहेका नेपाल कम्युनिष्ट पार्टी एमालेका रामेश्‍वर बोहराले ५ हजार ९ सय ८७ मत ल्याएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादीका लवकुमार बस्नेत १ हजार ७ सय ३२ मतसहित तेस्रो स्थानमा रहेका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीका बसन्तकुमार बस्नेतले १ सय २३ मत प्रप्त गरेका छन् ।

त्यस्तै, तारकेश्वरको उपमेयर पदमा पनि नेपाली कांग्रेसकी सृजना बुर्लाकोटी अग्र स्थानमा रहेकी छिन् । उनले हालसम्म ८ हजार १ सय ८३ मत पाएकी छिन् ।

Must View